काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल (एसबान)को नव निर्वाचित पदाधिकारीले पदभार तथा सपथ ग्रहण गरेका छन् । बिहीबार एक कार्यक्रमकाबीच उनिहरुले सपथ ग्रहण गरेका हुन् ।
एसबानको हालै सम्पन्न साधारण सभा तथा अधिवेशनले सागर ढकालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
एसोसिएसनको उपाध्यक्षमा नितेश अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल र सचिवमा बिनय पौडेल निर्वाचित भएका थिए ।
त्यसैगरि कार्यसमिति सदस्यमा विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव र प्रियन्सु अग्रवाल निर्वाचित भएका थिए ।
पदभार तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष ढकालले पुँजीबजारको समग्र विकासमा योगदान गर्ने बताएका छन् ।
Comments are closed.