काठमाडौं । सिराहा जिल्ला, गोलबजार नगरपालिका वडा नं. ४, गोलबजारमा बैंक स्थापना भएको ४८ वर्षपछि बैंकको आफ्नै स्वामित्वको नवनिर्मित भवनबाट बैंकिङ कारोबार गर्ने गरीे समुद्घाटन गरिएको छ ।
मंसिर २६ गते बुधबार गोलबजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठ र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले संयुक्तरुपमा गोलबजार शाखाको विधिवत् समुद्घाटन गरेका हुन् ।
नेपालको पहिलो बैंक समेत रहेको यस बैंकले देशका विभिन्न स्थानमा रहेको आफ्नो जग्गामा आवश्यकताको आधारमा भवन निर्माण गरी कारोबार सञ्चालन गर्ने नीति अनुरुप निर्माण भएको यस भवनबाट ग्राहकहरुले सम्पूर्ण बैंकि सुविधा प्राप्त गर्न सक्नेछन् ।
हाल बैंकले २२९ शाखा, ५९ एक्सटेन्सन काउण्टर र २०४ एटिएम काउण्टरमार्फत सेवा दिंदै आएको छ । आगामी दिनमा ग्राहकहरुलाई सरल, सहज एवम् उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्न बैंक कटिबद्ध रहेको बैंकले जनाएको छ ।
Comments are closed.