युवा उद्यमीलाई युवा स्वरोजगार सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

सुशीला रेग्मी/ रामपुर (पाल्पा) । युवा उद्यमीहरुलाई युवा स्वरोजगार सम्बन्धि अभिमुखिकरण कार्यक्रम पाल्पाको रामपुर सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आयोजनामा यस आर्थिक वर्षमा छनौट भएका युवा उद्ममिलाई लक्षित गरेर अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

नगर प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा कार्यक्रम गरि कार्यक्रममा सहभागी युवा उद्यमीलाई कार्यक्रमको मापदण्ड र व्याज अनुदान रकम भुत्तानी प्रक्रियाबारे जानकारी दिइएको छ । नगर प्रमुख थापाले रामपुर नगरपालिकाले सुरु गरेको व्याज अनुदान कार्यक्रम अहिले प्रभावकारी बनेको बताए ।

नगरपालिकाले युवालाई प्रोत्साहन गर्न २ वर्ष सम्मका लागि व्याज अनुदान दिदै आएको जानकारी दिएका छन्। कृषकले अनुदान लिने, अनुदान पाएपछि बिचमै छाड्ने प्रवृत्ति रहेकाले राज्यको लगानी सहि ठाउँमा सदुपयोग नभएपछि नगरपालिकाले नया अवधारणाका रूपमा व्याज अनुदान कार्यक्रम ल्याएको नगर प्रमुख थापाले बताएका छन् । आफुले कारोबार गरेको रामपुर नगरभित्रका जुनसुकै वित्तीय संघ संस्थाको खातामा ३र३ महिनामा नगरपालिकाले व्याज अनुदानका रूपमा रकम भुत्तानी गरिदिने गरेको उनले बताए । युवा विनोद श्रेष्ठले केहि गर्छु भन्ने युवाका लागि यो कार्यक्रम अति राम्रो रहेको बताए ।

केही काम गर्न चाहना भएका युवा उद्यमीलाई व्यवसायबाट स्वरोजगार र आत्मनिर्भर बनाउन व्याज अनुदान उपलब्ध गराइएको छ । २१ वर्षदेखि ५९ वर्ष सम्मका युवालाई यस कार्यक्रममा समावेश गरिनेछ । कार्यक्रमको सहजिकरण कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले गरेका हुन् ।

सहभागीले कृषि तथा पशुपंक्षिको बिमा गर्न बिमा कम्पनीले नमानेको गुनासो गरेका छन् । पशु शाखा प्रमुख तुल्सीराम काफ्लेले बिमा कम्पनीलाई बिमा गर्न झकझक्याउने बताए । कार्यक्रम संचालन कृषि शाखाका प्राविधिक युवराज नेपालीले गरेका हुन् । यस आर्थिक वर्षमा व्याज अनुदानका लागि ४४ जना युवा छनौटमा परेका छन् ।

You might also like

Comments are closed.