पोखरा । पोखरा इलेक्टिकल एसोसिएशनको अध्यक्षमा केशब ढकाल चयन भएका छन् । शनिबार सम्पन्न् २५ औं साधारण सभा तथा १३ औं अधिवेशनले ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।
एसोसिएसनको प्रथम उपाध्यक्ष निलबहादुर भुजेल, द्वितिय उपाध्यक्ष कृष्णमणी भण्डारी, तृतिय उपाध्यक्ष सरस्वती गिरी चयन भएका छन् । त्यसैगरि महासचिव मिलन तामाङ, सचिव विजय क्षेत्री, कोषाध्यक्ष प्रदिप पौडेल, सह कोषाध्यक्ष शुसिला अधिकारी भुर्तेल र सदस्यमा अमृत पोख्रेल, नरेन्द्र कुमार कार्की, सरोज थापा रहेका छन् । नवनिर्वाचित अध्यक्ष ढकालले संस्थाले गर्दै आएका कामलाई निरन्तरता दिएर थप उचाइमा पुर्याउने प्रतिवद्धता गरेका छन् ।
संस्थाका सेवा सुविधालाई प्रभावकारी बनाउन तीन तहकै सरकार र विद्युतीय व्यवसायी महासंघसँग सहकार्य गर्ने पनि उनले बताए । उपकरण आयातमा उच्च करले लागत बढाएकोले व्यवसायीलाई अप्ठ्यारो परेको उनको भनाई छ ।
‘
कार्यक्रममा नेपाल विद्युत व्यवसायी संघका केन्द्रिय अध्यक्ष रेशमप्रसाद देवकोटा, संघका प्रथम उपाध्यक्ष प्रेमबहादुर जिसी, गिरीराज बराल, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, राजेश गौतम, पुरुषोत्तम अधिकारी, लुम्बिनी प्रदेश संयोजक लोकनाथ पोख्रेल लगायतको उपस्थिति थियो ।
Comments are closed.