शुन्य प्रतिशत व्याजदरमै सिएफ मोटोको २५० एनके किन्न पाइने

२४ महिने सरल किस्तावन्दिको सुविधा पनि

काठमाडौं । सिएफ मोटो नेपालले नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तिय योजना ‘न्यू इयर, न्यू राइड’ सार्वजनिक गरेको छ । यस योजनाले ग्राहकहरुलाई शुन्य प्रतिशत व्याज दरमै २४ महिने सरल किस्तावन्दीमा आफ्नो २५० एनके कम्प्युटर सेग्मेन्टमा न्याकेड सिरिजको वाइक किन्न उत्कृष्ट अवसर प्रदान गरेको छ । सिमित अवधिका लागी लागू गरिएको यस योजना २०८१ पुष १६ गते देखि २०८१ माघ १८ गते सम्म लागु हुनेछ ।

न्यूनतम ५० प्रतिशत डाउन पेमेन्ट गरेर सरल किस्तावन्दी योजनाका सिएफ मोटो को २५० एनके खरिद गर्न सकिने कम्पनीको भनाई छ । साथै, यस योजनाले सरल कागजी प्रकृया रुचि अनुसारको किस्तावन्दी योजना रोज्ने सुविधा समेत प्रदान गर्दछ । कम्पनीको भनाई अनुसार यस सेग्मेन्टका आफ्ना ग्राहक युवा अवस्थाका रहेका र यस योजना अन्तर्गत ० प्रतिशत ब्याजदर बाट लाभ लिन सक्ने भएकोले यसले आफ्नो ब्राण्डलाई अझ पहुँचयोग्य वनाउने कुरामा विश्वास लिएको जनाएको छ ।

बिक्रीको साथ साथै कम्पनीले बिक्री पछिको सेवालाई अझ चुस्त र दुरुस्त बनाउन, स्पेयर पार्टसको सहज उपलब्धि तथा सर्भिस क्वालिटीलाई समेत उच्च प्राथमिकता दिएको जानकारी दिएको छ । कम्पनीले हालसालै उपत्यका लगायत वाहिरी जिल्लाका ग्यारेजवालाहरुलाई समेत २ दिने आफ्ना २५० सिसि तथा ४५० सिसिका वाईकहरुको तालिम सिएफ मोटो ऋज्क्ष्ल्ब् का त्चबष्लभच मार्फत सन्चालन गरेको थियो ।

यसका साथै २५० एनके नगदमा खरीद गर्ने ग्राहकहरुलाई रु. २५०००/– छुट, एक्सचेन्जमा रु. ३०,०००/– थप मूल्यांकनको साथै फ्रि गिफ्ट, हेल्मेट, १ वर्षको लागी सिफ मोटोको पार्टस खरिदमा १० प्रतिशत छुट समेत दिएको छ ।

सिएफ मोटोको द्दछण् ल्प् मा 249.5 CC को Single Cyliner Engine दिईएको छ जसले 20.5 KW को Maximum Power र 22 Nm को Torque उत्पादन गर्ने र यसमा Dual Channel ABS, 12.5 Litre छFuel Tank Capacity, Electronic Fuel Injection (EFI), , आकर्षक design तथा आधुनिक प्रविधि अपनाएको छ । जसले उक्त वाईकमा सवार भएका सवारीले सुरक्षित यात्राको साथ साथ ग्उनचबमभम चष्मभ को मज्जा लिन सक्ने छन् ।

lcci
You might also like

Comments are closed.