यस्तो छ ग्लोबल आइएमई लघुवित्तमा आबद्ध रीतादेवीकोे विपन्नबाट समृद्धितर्फको यात्रा

पोखरा । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. ३० स्थित लालपर्सा गाँउमा २ वटा सटर सहितको ४ कोठाकोे पक्की घर र उक्त घरमा बिक्री गर्न राखिएको कस्मेटिक समान र कपडाले हाम्रो मन एकोहोरो बनायो, उनि हुन् रीता देवी । उनि अहिले आफ्नै घरमा उक्त व्यवसाय गरिरहेकी छन् । सानै उमेरमा विवाह गरेर आएको र त्यसपछिका दिनहरू सम्झिँदा अहिले पनि कहाली लागेर आउने भनी मलिन अनुहार बनाउँदै उनि भन्छिन्, “मैले अभावमा बिताएका ती दुःखका दिनहरूबाट छुटकारा पाई आजको अवस्थासम्म आइपुग्न ग्लोबल आइएमई लघुवित्तको ठूलो भुमिका छ” ।

२०४७ भदौ ११ गते पर्सा जिल्ला बहुदरमाई न.पा. नगरदाह गाँउमा बुवा बम्का शाह तेली र आमा कान्ती देवीको तेस्रो सन्तानका रुपमा जन्मिएकी रीता देवीले साधारण लेखपढ मात्र गरेकी छन् । १६ वर्षको सानै उमेरमा विवाह बन्धनमा बाधिएकी रीता देवीका श्रीमान् बाबुलाल शाह घरका जेठा छोरा थिए । “घरमा आम्दानीको स्रोत सामान्य खेतीपाती मात्र थियो, त्यसैबेला पहिलो सन्तान छोरी, दोस्रो छोरा र तेस्रोे सन्तान छोरी भइसकेपछि घरबाट अलग बस्नुपर्ने बाध्यता आइलाग्यो । घर बनाउन त के सोच्न समेत नसकिने अवस्था भएपछि भंैैसी राख्ने गोठमा ३ सन्तान लिएर अलग बस्न थालियो, अब त झन आर्थिक अवस्थाले झनै समस्या पार्दैगयो, बच्चाहरूको पढाई खर्च तथा खानपानले सताउन लाग्यो के गर्ने के नगर्ने भन्ने विषयमा अन्यौल भयो” उनि भन्छिन् ।

“कहीँकतैबाट थोरै २०/३० हजार पैसा पाए केही व्यवसायमा हात हालेर घर चलाउने सोच बोकेर गाँउमा पैसा खोज्न थाले तर कसैले विश्वास गरेनन, पैसा पाएपनि ४८ प्रतिशतमा पाइने सुनियो । यसबाट झन समस्या हुने देखेर निराश भएर बसिरहेको बेला २०७६ साल बैशाखमा गाँउतिर यस्तो हल्ला सुनियो कि एउटा ग्लोबल आइएमई लघुवित्त भन्ने संस्था आएको छ रे जहाँ सामान्य बचत खाता खोलेर समूहमा आबद्धपछि विनाधितो कर्जा मिल्ने कुराले केही होला भन्ने आशा जगायो । यतिबेला ग्लोबल आइएमई लघुवित्तको डकैला पर्सा शाखाबाट एकजना कर्मचारी आउनुभयोा र हामीलाई समूहमा बस्न र समूहको महत्वको बारेमा तथा विनाधितो कर्जा र अन्य सेवा सुविधाको बारेमा प्रष्ट पार्नुभयो, एकैपटक गाउँमा साँहुलाई जस्तो एकमुष्ठ तिर्नु नपर्ने र ब्याज पनि साहु र अन्य ठाँउमा भन्दा सस्तो भएको कुरा केही दिनको तालिममा सुनेपछि समूह बनाई आबद्ध भएर पहिलो पटक रु. ६०,०००/– कर्जा लिएर कस्मेटिक व्यवसाय सुरु गरेँ । व्यवसाय विस्तारै राम्रो हुँदैगयो । यसै क्रममा श्रीमान पनि स्थानीय स्तरको एक फ्याक्ट्रीमा काम गर्न सुरु गरे, पहिलो कर्जा चुक्ता गरेपछि फेरी रु. ५०,०००/- कर्जा रकमले पसलमा समान थप गरेर हिम्मत बढाउँदै जाँदा पसलमा आवश्यक केही सामानहरू श्रीमानले कामबाट फर्किँदा समेत ल्याउने गरे,” उनले भनिन् ।

व्यवसायबाट फाइदा हँुदै गएपछि पसलमा कपडा पनि थपगर्न मन लाग्यो र संस्थाबाट तेस्रो पटक रु. ३,००,०००/– कर्जा लिएर व्यवसाय बढाएँ । अहिले व्यवसाय हाल राम्रो चलिरहेको छ समान बेचेर आएको फाईदा समेत त्येसैमा लगानी बढाएकोे बताउँदै उनि भन्छिन्, भगवानले भन्नुहुन्छ रे “तँ आँट म पु¥याउछु” सोही बमोजिम मैले आँट गरे सफल पनि भएँ । यसै क्रममा एउटा ४ कोठे पक्की घर बनाउने सपना पनि पूरा गरेको र उक्त घरमै व्यवसाय बृद्धि गर्नका लागि चौथो पटक बिनाधितो रु.५,००,०००/– कर्जा लिएर व्यवसाय गर्दै आउँदा घरमै रोजगारी र हाल ३ सन्तान (२ छोरी र १ छोरा) नजिकैको निजी विद्यालयमा पढिरहेको साथै परिवार पाल्न कुनै समस्या नभई मासिक रुपमा रु.५०,०००/– देखि रु.८०,०००/–सम्म आम्दानी हुने गरेको जानकारी गराउँदै ग्लोबल आइएमई लघुवित्तको साथले मलाई विपन्नबाट समृद्धितर्फ डोराएको बताउदै, ग्लोबल आइएमई लघुवित्तको विनाधितो कार्यक्रम आफूलाई धेरै मन परेको र यस वित्तीय संस्थाले हाम्रो परिवारलाई ठूलो गुन लगाएको समेत बताईन् ।

lcci
You might also like

Comments are closed.