काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २०औं वार्षिक साधारण सभा सम्पन्न भएकोे छ । साधारणसभाले यस डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३ अर्व ४३ करोड ९ लाख ७१ हजार ३ सय २ रुपैयाँ ५५ पैसाको ३.६५१६ प्रतिशत १२ करोड ५२ लाख ८४ हजार ४ सय १७ रुपैयाँ मात्र) बराबरको बोनस सेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.१९२२ प्रतिशतले हुन आउने रकम ६५ लाख ९३ हजार ९ सय १७ रुपैयाँ मात्र) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । प्रस्ताव पारित भएसँगै सांग्रिला डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७ सय १९ रुपैयाँ ५५ पैसा पुगेको छ ।
साधारण सभाले आ.व.०८०/८१ को वित्तीय विवरणसहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्तिलगायतका प्रस्ताव समेत पारित गरेको छ ।
आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर ११२ शाखा कार्यालय, ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ । यसका साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको यस बैंकले आगामी दिनमा यसलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ ।
Comments are closed.