काठमाडौं । काठमाडौं त्रिपुरेश्वरमा यामाहाको मोटरसाइकल तथा स्कुटको आधिकारीक बिक्रेता एम.ए.डब्लु. प्रा. लि. ले शनिबार Yamaha Ray ZR 125 FI Hybrid – Mileage Challenge सम्पन्न गरेको छ ।
कार्यक्रम यामाहा शोरुम त्रिपुरेश्वरबाट टोखा हुँदै शिवपुरी स्थित शिवपुरी भिलेज रिसोर्टसम्म २७ कि.मी. दुरी कायम भएको थियो । उक्त माइलेज च्यालेन्जमा ३७ जना ग्राहक समाबेश भएका थिए साथै उक्त कार्यक्रममा बिभिन्न मनोरञ्जनात्मक खेलहरु खेलाइएको थियो ।
सहभागीबाट ३ जना उत्कृष्ट माइलेज प्राप्त गर्ने ग्राहकलाई बिजेता घोषणा गर्दै कार्यक्रमलाई समापन गरिएको होे । उक्त कार्यक्रममा कम्पनीका दक्ष ईन्जिनीयरबाट माइलेजको मापन गरी बिजेताहरु क्रमशः सुमित्रा श्रेष्ठ ६४.८६ कि.मी. प्रति लिटर माइलेजका साथ प्रथम, बिक्रम थापा मगर ६१.१७ कि.मी. प्रति लिटर माइलेजका साथ दोस्रो र सलिल श्रेष्ठ ६०.४५ कि.मी. प्रति लिटर माइलेजका साथ तृतिय भएका थिए ।
Comments are closed.