महिला टी२०आई त्रिकोणीय क्रिकेटकी उत्कृष्ट नेपाली खेलाडीलाई यामाहा रेजेडआर १२५एफआई हाइब्रिड

काठमाडौं । सहभागी तीन राष्ट्रहरू नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डले प्रस्तुत गरेको रोमाञ्चक प्रदर्शन, दृढ संकल्प र उत्कृष्ट खेल भावना सँगै नेपालमा आयोजित महिला टी२०आई त्रिकोणीय क्रिकेट शृङ्खला २०२५ सम्पन्न भएको छ ।

प्रतियोगिताको टाइटल प्रायोजकको रूपमा यामाहा नेपालले शृङ्खलाकी उत्कृष्ट नेपाली खेलाडीलाई उनको अविश्वसनीय योगदानको प्रशंसास्वरूप ब्रान्ड न्यू यामाहा रेजेडआर १२५एफआई हाइब्रिड प्रदान गर्दै नेपाली महिला क्रिकेटको उपलब्धिलाई सम्मान गरेको छ ।

फाइनल खेलपछि आयोजित समारोहमा एमएडब्ल्यू राइड्सकी मार्केटिङ प्रमुख सलिना शर्माले नेपाली क्रिकेट टोलीकी सदस्य पुजा महतोलाई शृंखलामा देखाएको प्रदर्शन, समर्पण र प्रतियोगितामा राखेको प्रभावको कदर गर्दै स्कुटरको साँचो हस्तान्तरण गरिन् । यो पुरस्कार नेपाली खेलकुद, विशेष गरी देशमा महिला क्रिकेटको उदयको लागि यामाहाको निरन्तर समर्थनको प्रतीक हो, उनले भनिन् ।

श्रृंखलाकी सर्वश्रेष्ठ नेपाली खेलाडीलाई प्रस्तुत गरिएको यामाहा रेजेडआर १२५एफआई हाइब्रिड यसको उत्कृष्ट इन्धन दक्षता, हल्का तौलयुक्त डिजाइन, हाइब्रिड पावर असिस्ट टेक्नोलोजी र उन्नत सुविधाहरूको लागि परिचित रहेको प्रतियोगिताभरी छाएका स्पीड, एजिलिटी र रेजिलियन्सलाई मूर्त रूप दिने च्याम्पियनहरूको लागि एक उत्तम सवारी रहेको बताइएको छ ।

एमएडब्लू अन्तर्गतको यामाहा खेलकुदलाई समर्थन गर्न, युवाहरूलाई सशक्त बनाउन र विश्वस्तरीय सवारी अनुभवहरू प्रदान गर्न सधैं प्रतिबद्ध रहेको शर्माले बताइन् ।

You might also like

Comments are closed.