हवाई खेलकुद गतिविधिको विकल्प खोज्न माग

गण्डकी । पर्यटकीय नगरी पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल सञ्चालनमा आएसँगै प्रभावित हुनसक्ने हवाई खेलकुदका गतिविधिको विकल्प खोज्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयमा  आयोजित छलफल एवं अन्तरक्रियामा वक्ताहरुले हवाई खेलकुद गतिविधि पोखराको महत्वपूर्ण आकर्षण मध्येमा पर्ने गरेको बताए । पोखराको पर्यटनमा हवाई खेलकुदले विशिष्ट योगदान गरेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले बताए ।

अल्ट्रालाइट, प्याराग्लाइडिङ लगायतमा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बढेको बताउँदै उनले यी गतिविधि विस्थापन हुन नदिनका लागि यसको विकल्प खोज्नुपर्ने आवश्यकता औँल्याए । पर्यटकीय गतिविधि नभएका स्थानलाई जोड्दै यसको सम्भाव्यता खोज्नुपर्नेमा जोड दिँदै प्रमुख भण्डारीले यस क्रमले तत् क्षेत्रको प्रवद्र्धनमा पनि योगदान पुग्ने विश्वास व्यक्त गरे । एभिया क्लबका प्रवन्ध निर्देशक नातासा श्रेष्ठले अल्ट्रालाइट पर्यटनको महत्वपूर्ण पाटो भएको बताउँदै अन्य विमानस्थलमा पनि यस किसिमका गतिविधि सञ्चालन गर्न सकिने बताइन् ।

jutta mela

हवाई पर्यटनमा राम्रो सम्भावना भएको उल्लेख गर्दै उनले यसमा लगानी आकर्षित गर्नुपर्ने धारणा राखिन् । । अल्ट्रालाइट उडानमा विदेशीको मात्र भर नपरी स्वदेशमा नै आवश्यक जनशक्ति तयार गर्नेतर्पm पनि सोच्नुपर्नेमा उनको जोड छ । सम्भावना रहेर पनि अट्रालाइट उडानका लागि नेपालको युवा पुस्ता आकर्षित हुन नसकेको उनले बताइन् । मुलुकका सञ्चालनमा नआएका विमानस्थललाई पनि अल्ट्रालाइट उडानको विकल्पका रुपमा लिन सकिने उनको भनाइ छ ।

सो क्लबका भिक्टोरिया भिटवाले पोखरा हवाई खेलकुदका गतिविधिको राजधानी भएको बताए । आफूहरुले अल्ट्रालाइट उडानका लागि अध्यापन गराउँदै आएको बताउँदै नेपालका युवा यसतर्पm आकर्षित बनेमा अधिकतम फाइदा लिन सक्ने धारणा राखे । नेपालमा आउने पर्यटकले भिसााको समस्याका साथै विमानस्थलमा सामान्य ट्रलीको समस्या भोग्ने गरेको बताउँदै पर्यटनमैत्री प्रशासन र व्यवहार आवश्यक हुनुपर्नेमा जोड दिए ।

You might also like

Comments are closed.