वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु १ खर्ब ९ अर्ब २२ करोड ८५ लाख राजस्व संकलन गरेको छ । एक खर्ब ३९ अर्ब ७३ करोड राजस्व संकलनको लक्ष्य थियो ।
भन्सार प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार राजस्व संकलनमा क्रमशः सुधार भएको छ । चालु आव बाँकी चार महिनामा राजस्व संकलनमा थप सुधार हुने उनको विश्वास छ । अन्य क्षेत्रको तुलनामा यहाँ पेट्रोलियम पदार्थ र सवारीसाधनबाट राजस्व संकलन अधिक हुने गरेको छ ।
वीरगञ्ज भन्सारले चालु आवको साउनमा रु १२ अर्ब १५ करोड भदौमा रु १३ अर्ब ४२ करोड,असोजमा रु १३ अर्ब ४७ करोड कात्तिकमा रु ११ अर्ब १० करोड र मङ्सिरमा भने रु १४ अर्ब ४० करोड राजस्व संकलन गरेको थियो ।
यसैगरी, पुसमा चालु आवको सबैभन्दा धेरै अर्थात् रु १५ अर्ब ४७ करोड र माघमा रु १४ अर्ब ४४ करोड र फागुनमा रु १४ अर्ब ६३ करोड राजस्व असुली भएको थियो ।
रासस
Comments are closed.