काठमाडौं । बागमती प्रदेश अल्पाइन स्पोर्टस फेडरेसनको साधारण सभा तथा निर्वाचन भव्य रूपमा सम्पन्न भएको छ । सभाबाट आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको छ ।
सभाले राजेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा विजय थापा उपाध्यक्ष, विकास लामा सचिव, गोविन्द गुरुङ कोषाध्यक्ष, र थुप्तेन लामा सदस्यमा निर्वाचित गरेको छ । नियमअनुसार ९ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष १ र सदस्य १ जनालाई अध्यक्षले मनोनयन गर्ने र बाँकी २ जना सदस्य बागमती प्रदेश खेलकुद विकास परिषद्ले तोक्ने व्यवस्था रहेको छ ।
सभाले श्रेष्ठले अमृत श्रेष्ठलाई उपाध्यक्ष र मनिषा बुढालाई सदस्यमा मनोनयन गरी हालसम्म कुल ७ सदस्यीय कार्यसमिति घोषणा गरिएको छ ।
उक्त सभामा बागमती प्रदेश खेलकुद विकास परिषद्की सदस्य दीप्ति क्षेत्री, अल्पाइन स्पोट्र्स फेडरेसनका अध्यक्ष गोविन्द भट्टराई, नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरे, र महासंघका उपाध्यक्ष रोमनाथ ज्ञवाली लगायत विशिष्ट अतिथिहरूले नयाँ कार्यसमिति र महासंघलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
सभामा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले प्रगति प्रतिवेदन तथा आगामी कार्यक्रम प्रस्तुत गर्नुका साथै महासंघको विधान पारित गरिएको र निर्वाचन प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गरिएको जानकारी दिए।
अल्पाइन, एड्भेन्चर र टुरिजम खेलकुद क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि स्थापित बागमती प्रदेश अल्पाइन स्पोट्र्स महासंघको नयाँ कार्यसमितिले आगामी दिनमा प्रभावकारी गतिविधिहरू अघि बढाउने प्रतिबद्धता जनाएको छ ।
Comments are closed.