सार्वजनिक यातायात बन्द निरन्तर अगाडि बढ्ने

काठमाडौं । सार्वजनिक यातायात बन्दको आन्दोलनलाई निरन्तर रुपमा अगाडि बढाउन संयुक्त संघर्ष समितिले अनुरोध गरेको छ ।

सार्वजनिक यातायात बचाऊको लागि आयोजना गरेको (सार्वजनिक यातायात बन्द) आन्दोलन निरन्तर अगाडी बढाउन देशैभरिका यातायात व्यवसायी तथा मजदुरमा संयुक्त संघर्ष समितिको अनुरोध छ ।

अहिले विभिन्न समाजिक सञ्जाल तथा अनलाइन मिडियामा सहमति भयो भन्ने विषयमा आएका समाचार झुट्टा भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौला ‘सरोज’ ले जानकारी दिए ।

संयुक्त संघर्ष समितिबाट आधिकारिक विज्ञप्ती नआएसम्म बन्दको कार्यक्रमहरु निरन्तर अगाडि बढ्ने पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताए । वार्ता र संवादको प्रक्रिया जारी रहने बताइएको छ ।

You might also like

Comments are closed.