सुशीला रेग्मी/ रामपुर (पाल्पा) । रामपुर वचत तथा ऋण सहकारी संस्थाको शिक्षा उपसमितिले रामतुलसी नमुना माध्यमिक विद्यालयमा सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
शिक्षा उपसमितिका संयोजक पवित्रा पौडेल ढकालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि सहकारीका अध्यक्ष गुरुप्रसाद रेग्मी रहेका हुन् । प्रमुख अतिथि अध्यक्ष रेग्मीले थौरै थौरै रकम जम्मा गरेर भविष्यको लागि रकम सङ्कलन गर्न अनुरोध गरे । सहकारीले सेवा क्षेत्रका विभिन्न स्थानमा पुगेर सहकारी शिक्षा कार्यक्रममार्फत सेयर सदस्य तथा सर्वसाधारणलाई जानकारी दिने गरेको उनले बताए ।
शिक्षा उपसमिति संयोजक तथा कार्यक्रमका अध्यक्ष ढकालले भोलिको भविष्यका लागि बचत अनिवार्य गर्नुपर्ने, अभिभावकले पनि आफ्नो बालबालिकाको लागि आज नै संस्थामा सदस्य बनेर नियमित बचत गर्न अनुरोध गरिन् । रामतुलसी नमुना माविका अध्यक्ष विशाल श्रेष्ठले सहकारीले गरेको यस्ता कार्यक्रमले समुदायमा राम्रो प्रभाव पारेको बताउदै आगामी दिनमा पनि यस्ता कार्यक्रम अगाडि बढाउन अनुरोध गरे । प्रधानाध्यापक बालकृष्ण लम्सालले सहकारीले गरेको कार्यक्रमले समुदायमा राम्रो प्रभाव पार्ने बताए ।
सहकारी संचालक समिति कोषाध्यक्ष बन्दना पोखरेलको स्वागत र शिक्षा उपसमिति सदस्य जमुना राना मगरको संचालनमा कार्यक्रम भएको हो । रामतुलसी माविका अभिभावकलाई लक्षित गरि कार्यक्रम आयोजना गरिएको सहकारीका व्यवस्थापक गोविन्द पाठकले जानकारी दिए ।
सहकारीले विभिन्न विद्यालय तथा स्थानमा वित्तीय साक्षरता, सहकारीले दिने सेवा, गतिविधि लगायतका बारेमा जानकारी दिदै आईरहेको छ । व्यवस्थापक पाठकले कार्यक्रम सहजिकरण गर्दै सहभागीलाई सहकारीको काम, अवधारणा, वचत गर्ने तरिका लगायतका विभिन्न विषयमा जानकारी गराएका हुन् । कार्यक्रममा १५० जना सहभागी थिए ।
Comments are closed.