काठमाडौं । कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तीकरण साक्षरता कार्यक्रम सम्पन्न भएको छ । स्थानीय उद्यमी व्यवसायीलाई लक्षित गरि साक्षरता कार्यक्रम आयोजना गरिएको हो ।
कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्य “सुनिता” को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारणी केन्द्रीय सदस्य डिवी वस्नेत, पूर्व महाबाणिज्यदूत वरिष्ठ परामर्श विज्ञ मदन केसी, मंगल मल्टिपल क्याम्पसका प्रिन्सिपल प्रदीप महर्जन तथा रूरल सेक्टर विज्ञ एवम् चोभारका विशेष प्रतिभाशाली महिला डा. साहारा के.सी.लगायतको उपस्थिति थियो । नेपाल फिलिलि टेक प्रा.लि. बाट प्राविधिक नयाँ डिजीटल साक्षरता कार्यक्रम निःशुल्क प्रदान गरिएको थियो ।
उप प्रमुखर शाक्यले कीर्तिपुरमा नयाँ प्रविधीवाट व्यवसायीलाई डिजीलाइज गरेर थप व्यापार व्यवसायमा वृद्धि विकास हुने र कीर्तिपुर उद्योग वाणिज्य संघसंग मिलेर स्थानीय उत्पादनलाई बृद्वि विकास उत्पादनलाई ब्य्राण्डिंग गरेर सबै व्यवसायी एकिकृत पारेर थप आयआर्जन गर्न सकिने बताइन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कृषि उद्यमी विकास समितिकाका सभापति डि.वि. वस्नेतबाट उद्योग वाणिज्यसंघकोमहत्व र कार्यशैली एवम् नगरपालिका संग सहकार्य गरेर अगाडि बढ्ने र कृषिमा आधुनिकीकरण गरी नयाँ फड्को मार्न सकिने बताए ।
विशिष्ट अतिथि पूर्व थाई महावाणिज्यदूत मदन के.शीले स्थानीय युवाहरुलाई रोजगारीका लागि थप क्षमता विकास तालिम अभिमुखीकरण कार्यक्रम गर्नुपर्ने बताए ।
संघका अध्यक्ष राज्यलक्ष्मी शाक्यले थप नयाँ प्रविधी अपनाएर ब्यापारीहरूलाई निः शुल्क तालिम आयोजना गरी व्यवसाय वृद्धि गर्नुपर्ने र यसवाट स्थानीय सरकारलाई थप राजस्व वृद्धि विकास गर्न सकिने बताइन् । यस कार्यक्रममा कीर्तिपुर उद्योग वााणिज्य संघका उपाध्यक्ष रूकेश महर्जन, महासचिव विकास महर्जन , कोषाध्यक्ष ममता महर्जन, सचिव विकास महर्जन लगायत सम्पूर्ण संघ परिवारको उपस्थिती रहेको थियो । डिजीटल साक्षरता कार्यक्रममा ७५ जना सहभागि थिए ।
Comments are closed.