काठमाडौं । एनएमबि बैंक लि. तथा मन्दाकिनी हाइड्रोपावर लि. बीच २.९ मेगावाट क्षमताको कास्की जिल्ला, माछापुच्छ«्रेगाउँपालिकामा अवस्थित माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । यस आयोजनामा एनएमबि बैंक लि. को एकल ऋण लगानी रहेको छ ।
२.९ मेगावाट क्षमता रहेको माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको करिब लागत रु. ६६ करोड १८ लाख ९४ हजार रहने जानकारी गराईएको छ ।
बैंककोऋण लगानी रु. ४६ करोड ३३ लाख २५ हजार रहनेछ । एनएमबि बैंक लि.का प्रमुख कार्यकारी अधिकृत गोबिन्द घिमिरले प्रस्तावित आयोजना निर्धारित लागत तथा समयमानै सम्पन्न गर्न मन्दाकिनी हाइड्रोपावर लि. लाई आग्रह गरेकामा उक्त कम्पनीका अध्यक्ष शरद कुमार दाहालले वित्तिय व्यवस्थापनमा सहयोग गरेकोमा एनएमबि बैंकलाई धन्यवाद ज्ञापन गरेका छन् । साथै माथिल्लो सार्दी खोला जलविद्युत आयोजना निर्धारित लागत तथा समयसिमामा नै सम्पन्न गर्ने विचार व्यक्त गरेका छन् । यसका लागि स्थानीय सरकारसँग सहकार्य गरेर आयोजना अगाडि बढउने प्रतिवद्धता व्यक्त गरे ।
।
त्यसैगरी, मन्दाकिनी हाइड्रोपावर लि. द्वारा कास्की जिल्ला माछापुच्छ«्रे गाउँपालिकामा प्रबद्र्वित ४ मेगावाट क्षमता रहेको सार्दी खोला जलविद्युत आयोजनाले वि.स. २०७४ साल मंसिर २३ गतेदेखि व्यावसायिक उत्पादन सुचारु भई रहेको र उक्त आयोजनामा समेत एनएमबि बैंक लि. कोअगुवाईमा सहवित्तीयकरण अन्तर्गत ऋण लगानी भइरहेको जानकारी दिए ।
।
नेपाल राष्ट्र बैंकबाट जारी Environmental and Social Risk Management, 2022 को निर्देशन अनुसार एनएमबि बैंकलेवातावरणीय तथा सामाजिक नीति (-Environmental and Social Policy)तयार पारी सो बमोजिम आयोजनाको पर्यावरण संरचना तथा सामाजिक जोखिम व्यवस्थापन गर्नको लागि बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली (Environmental and Social Management System) लागु गरिसकेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
Comments are closed.