नेपाल रेडक्रस सोसाइटी चितवनमा देखिएका अनियमितता र भ्रष्टाचारका आरोप छानविन गर्न माग

चितवन । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनमा देखिएका अनियमितता र भ्रष्टाचारका आरोपमा छानबिन गर्नुपर्ने मागसहित सचेत युवा समूह, चितवनले बुधबार जिल्ला प्रशासन कार्यालय, चितवनमा एक ज्ञापनपत्र बुझाएको छ।

उक्त ज्ञापनपत्र सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्मालाई बुझाइएको हो।

पत्रमा नेपाल रेडक्रस सोसाइटीको मानवतावादी उद्देश्यप्रति सम्मान प्रकट गर्दै पछिल्ला वर्षहरूमा संस्थाभित्र बढ्दो अनियमितता, पारदर्शिताको अभाव र भ्रष्टाचारका घटनाले संस्थाको विश्वसनीयता घटेको उल्लेख गरिएको छ।

You might also like

Comments are closed.