पोखरा। नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरा चेम्बर अफ कमर्स कास्कीले समसामयिक आर्थिक अवस्थाबारे अन्तरक्रिया, नयाँ वर्षको शुभकामना आदानप्रदान तथा २०८३ सालको क्यालेण्डर सार्वजनिक गरेको छ। नेपाल चेम्बर हीरक जयन्ती समारोहका संयोजक तथा पूर्व अध्यक्ष राजेश काजी श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले कोरोला नाका सञ्चालनमा आएसँगै नेपालको अन्तर्राष्ट्रिय व्यापारमा नयाँ सम्भावनाको ढोका खुलेको उल्लेख गरे । अब परम्परागत व्यापारिक मार्गमा मात्र निर्भर रहने समय सकिएको भन्दै नयाँ नाकाहरूको प्रभावकारी उपयोगमार्फत व्यापार विस्तार गर्नुपर्नेमा जोड उनले जोड दिए ।
श्रेष्ठले कोलकाता लगायतका अन्तर्राष्ट्रिय बन्दरगाहमार्फत आयात–निर्यातलाई थप व्यवस्थित गर्नुपर्ने आवश्यकता औंल्याउँदै बहुविकल्पीय व्यापार मार्गको विकासले नेपालको व्यापारलाई सुरक्षित र दिगो बनाउने विश्वास व्यक्त गरे।
पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा थप सुदृढ बनाउन चीन र भारत जस्ता विशाल बजारबाट पर्यटक भित्र्याउन रणनीतिक योजना आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोलाले सरकारद्वारा राजश्व अनुसन्धान आयोग खारेज गर्ने निर्णयको स्वागत गर्दै कर प्रणालीलाई सरल र व्यवसायमैत्री बनाउन आग्रह गरे ।
कार्यक्रममा विश्वव्यापी बजार प्रवृत्ति, आयात–निर्यातको सम्भावना, नवप्रवर्तन तथा व्यवसाय विस्तारका रणनीतिबारे विस्तृत अन्तरक्रिया गरिएको थियो। सो अवसरमा विभिन्न उद्योगी, व्यवसायी, विज्ञ तथा संघ–संस्थाका प्रतिनिधिहरूले आ–आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा विश्वव्यापी बजार प्रवृत्ति, आयात(निर्यातको सम्भावना, नवप्रवर्तन तथा व्यवसाय बिस्तारका रणनीतिहरू सम्बन्धी विषयहरुमा अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा पोखरा चेम्बरका सल्लाहकार माधव बास्तोला, योगेन्द्र बहादुर केसी, बिष्णु प्रसाद बास्तोला, लेखनाथ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपी चन्द्र बास्तोला, पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतम, पोखरा स्थित वस्तुगत संघ संस्थाहरुकोतर्फबाट थोक व्यवसायी संघ कास्कीका अध्यक्ष उषा तिमिल्सिना सुवेदी लगायतले बोलेका थिए ।






Comments are closed.