काठमाडौं । नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) ले चितवनका संचाकर्मीलाई विद्युतिय सवारी (इभी) सम्बन्धी अभिमुखिकरण दिएको छ । अन्तर्राष्ट्रिय अटोमोवाइल्स फेडरेसन (एफआइए) को सेफ एण्ड सस्टेनेबल मोविलिटी ग्राष्टको सहयोग अन्तरगत नेपालमा सो कार्यक्रम भएको हो ।
नेपालमा मात्र नभई विश्वमै अत्याधिक लोकप्रिय बन्दै रहेको इभी सम्बन्धि सत्यतथ्य रिपोटिङ्ग, प्राविधिक जानाकारी, नेपाल र विश्वमा भएका टेक्नोलोजी तथा इभीको सुरक्षा तथा दिगोपना लगायतका विषयमा चितवन र आसपासका गरी चार दर्जन संचारकमीलाई प्रस्तुति दिइएको थियो ।
नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराई, मोटरिङ्ग एकेडेमी नेपाल का इभी विज्ञसम राज श्रेष्ठ तथा वागमति अटोमोवाइल एसोसिएसनका अध्यक्ष राजन पिया लगायतले कार्यक्रममा प्रस्तुती दिएका थिए । नेपालमा इभी सम्बन्धि सार्वजनिक विषयहरु तथा नासा नेपालको संलग्नता र भुमिका बारेमा भट्टराईले, इभीको समग्र प्राविधिक पक्ष सम्वन्धमा श्रेष्ठ र चितवनका इभी बारेमा पियाले आ–आफ्नो प्रस्तुति गरेका थिए ।
राष्ट्रिय र स्थानिय मिडीयाका प्रतिनिधी, सोसियल मिडियाकर्मी र अटोमोबाइल क्षेत्रका व्यवसायी र अध्येता समेतहरुको सो ओरिन्टेसनले नेपालमा इभी संगसगै आएका अवसर र चुनौतिहरुलाई बुझ्ने अवसर दिएको सहभागी संचारकर्मीले बताएका छन् ।
नासा नेपालले इभिको प्राविधिक, आर्थीक, नीतिगत र सुरक्षा सम्बन्धि अध्यन गरी विस्तृत प्रतिवेदन तयार गर्नेका लागी दर्जनौ कार्यक्रमसहितको इभीजन नेपाल परियोजना संचालन गरिरहेको छ ।






Comments are closed.