CG Motors ले काठमाडौंको भृकुटीमण्डपमा विशेष अफरसहित Maha Mela Exchange Carnival संचालन गरेको छ । जेठ ६ गते बुधबार शुरु भएको Maha Mela Exchange Carnival जेठ ११ गतेसम्म चल्नेछ ।
कार्यक्रममा प्रमुख अतिथि लोकप्रिय गायक, संगीतकार तथा XPENG G6 का एन्डोर्सर कालीप्रसाद बास्कोटा थिए । साथै CG Motors का Deputy CEO बिमल शाह लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा Riddara Econ 4×4 र Upgraded King Long 16-Seater with 75.41 kWh Blade Battery अनावरण गरिएको छ। नयाँ King Long 16-Seater मा 400+ Range, 215 mm Ground Clearance लगायतका विशेषता छन्।
Carnival अन्तर्गत DAYUN मा रु. ३.९९ लाख डाउन पेमेन्ट, Riddara Econ 4×4 मा रु. ९.९९ लाख डाउन पेमेन्ट सुविधा उपलब्ध हुनेछ। साथै ग्राहकले AION र XPENG मा रु. १२ लाखसम्मको बेनिफिट, Best Exchange Valuation र Best Finance Facility प्राप्त गर्न सक्नेछन् ।
इच्छुक ग्राहकले कार्यक्रम अवधिभर भृकुटीमण्डपमा उपस्थित भई सवारी अवलोकन, टेस्ट ड्राइभ, एक्सचेन्ज भ्यालुएसन तथा फाइनान्स परामर्श लिन सक्नेछन्।






Comments are closed.