भरतपुर । भरतपुर/नवलपुर उद्योग संघका नवनिर्वाचित कार्यसमिति र चितवनका उद्योगीहरुबीच परिचयात्मक एवम् औद्योगिक प्रबद्र्धनको विषयमा छलफल सम्पन्न भएको छ ।
चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले स्वागत मन्तव्य सहित औद्योगिक प्रबद्र्धन सम्बन्धि संघको अभियान र कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेको कार्यक्रममा चितवन उद्योग संघका चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले चितवन उद्योग संघ र नवलपुर उद्योग संघबीच हुने सहकार्य र संघको वर्तमान र भावी योजनाको विषयमा तयार पारेको प्रस्तुतिकरणलाई प्रस्तुत गरेका थिए ।
छलफलमा नवलपुर उद्योग संघका अध्यक्ष बिष्णु कँडेलले दुबै संस्थाबीच औद्योगिक प्रबद्र्धनात्मक सहकार्यका लागि सहकार्य गरेर अगाडि बढ्ने बताए । कँडेलले चितवन उद्योग संघको अभिभावकत्वमा २०७५ सालमा शुरु भएको नवलपुर उद्योग संघले नीतिगत वहस पैरवी, तालिम, बजेट सुझाव, प्रदर्शनी लगायतका विषयमा सल्लाह, सुझाव लिदै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
छलफलमा चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे, चितवन उद्योग संघ, पूर्व अध्यक्षहरु त्रिलोचन कँडेल, हरिप्रसाद सुवेदी, नवलपुर उद्योग संघका निवर्तमान अध्यक्ष के।बि।राना, संस्थापक अध्यक्ष कृष्ण प्रसाद शर्मा गौतम, उपाध्यक्ष तुलमणि पौडेल ९टि।एम।०, नवलपुर उद्योग संघका कार्यसमिति सदस्य सन्तोष राना मगर, चितवन उद्योग संघका कार्यसमिति सदस्यहरु अश्विन गोले, अर्जुन सापकोटा लगायतका उद्योगीहरुले दुबै संस्थाहरुको उद्देश्य एउटै भएको र संस्थाका योजनाहरुलाई पूर्णता दिन सहकार्य गरी अगाडि बढ्नु पर्ने बताएका थिए ।
छलफल कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्षहरु ताराबहादुर कार्की, गोपाल प्रसाद गैरे, दिनुपकुमार बराल, परमेश्वर भण्डारी, कार्यसमिति सदस्यहरु सुवासचन्द्र गौतम, जिताराम महतो, सुरेन्द्र कार्की, आनन्द पौडेल, सृजना सोती, प्रकाश पौडेल, अनुजराज पन्त, सरिता खनाल पौडेल, नवलपुर उद्योग संघका महासचिव प्रकाश सापकोटा, नवलपुर उद्योग संघका लेखा समिति संयोजक निरज सापकोटा लगायतको सहभागिता रहेको थियो ।
चितवन उद्योग संघका चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका उपाध्यक्ष विशाल चापागाईंले धन्यवाद मन्तव्य सहित समापन गरेका थिए ।







Comments are closed.