निर्माण व्यवसायीको समस्या सम्बोधन गर्न परिसंघको अनुरोध

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च मूल्यबृद्धिले नेपाली अर्थव्यस्था समेत प्रत्यक्ष प्रभावित भईरहेको छ । मध्यपूर्वको युद्ध अघि (फेव्रेवरी १५) डिजेल प्रति लिटर रु. १ सय ३९ रहेकोमा हाल प्रति लिटर रु. २ सय २५ र बिटुमिनको मूल्य प्रति के.जी रु. ७५ बाट रु. १ सय ५५ पुगेको छ ।

निर्माण उद्योगमा प्रयोग हुने डिजेल, मट्टितेल, बिटुमिनसहितका निर्माण सामाग्री तथा ढुवानी लागतमा उच्च वृद्धि हुँदा निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको नेपाल निर्माण व्यवसायी महासंघले गराएको जानकारीले नेपाल उद्योग परिसंघलाई चिन्तित बनाएको छ । मूल्यवृद्धिको यस अवधिमा निर्माण व्यवसायीलाई मात्रै रु. १० अर्ब भन्दा बढी नोक्सानी भइसकेको महासंघले जनाएको छ ।

निर्माण परियोजना प्रभावित हुँदा यससँग प्रत्यक्ष सरोकार राख्ने अन्य उद्योगहरुमा समेत शिथिलता आउन सक्ने भएकाले, निर्माण व्यवसायीमाथि परेको आर्थिक तथा मानसिक दबाबलाई कम गर्न तथा समग्र अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीहरुको समस्यालाई उचित सम्बोधन गरिदिन परिसंघले सम्बन्धित सबै पक्षसँग अनुरोध गरेको छ ।

You might also like

Comments are closed.