काठमाडौं । ‘दुग्ध क्षेत्रको दिगो विकास: पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आज सोमवार (जुन १, २०२६) विश्व दूध दिवस मनाइएको छ। सोही अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्ड, हरिहरभवन, ललितपुरद्वारा दुग्ध व्यवसायको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यवसायीहरूलाई सम्मानित गरिएको छ।
यस वर्षको ‘विश्व दूध दिवस-२०२६’ को अवसरमा विराटनगर महानगरपालिका वडा नं= १४, जतुवास्थित सूर्योदय मिल्क एण्ड इण्डस्ट्रिज प्रा. लि.का प्रवन्ध निर्देशक मनोज कुमार यादवलाई ‘उत्कृष्ट दुग्ध उद्योगी’ सम्मान प्रदान गरिएको छ। दुग्ध व्यवसायको क्षेत्रमा पुर्याएको उच्च योगदानको कदर गर्दै उनलाई सम्मान-पत्र प्रदान गरिएको हो।
प्रमुख अतिथि कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी, कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्र र राष्ट्रिय दुग्ध विकास बोर्डका नि। कार्यकारी निर्देशक डा. बालक चौधरीले यादवलाई सम्मान गरे ।
विगत लामो समयदेखि दुग्ध क्षेत्रको विकास, गुणस्तर सुधार र उत्पादकत्व वृद्धिमा लागेका व्यवसायीहरूलाई यस किसिमको राष्ट्रिय सम्मानले थप ऊर्जा र प्रोत्साहन मिल्ने विश्वास बोर्डले लिएको छ।







Comments are closed.