गण्डकीमा टेकपाइलाको ‘एआई, साइबर सेक्युरिटी र डेटा साइन्स’ कोर्स

पोखरा । प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभेसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ ।

पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थी लक्षित कृत्रिम बुद्धिमत्ता, साइबर सुरक्षा र डेटा विज्ञान सम्बन्धी पाठ्यक्रम सार्वजनिक गरेको हो ।उक्त कार्यक्रमको उद्घाटन चेम्बर अफ कमर्सका तत्कालिन अध्यक्ष राजेन्द्र मल्लले गरेका थिए ।

कार्यक्रममा बोल्दै मल्ले गण्डकी प्रदेशमा भित्राइएका पाठ्यक्रमले नयाँ पुस्तालाई प्रविधिको युगतर्फ उन्मुख र सशक्तिकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।

उनले टेकपाइलालाई सो पाठ्यक्रम सहर केन्द्रीत नभएर गाउँगाउँका विद्यालयमा पनि पुर्याउनु पर्नेमा जोड दिए । ‘अहिलेको समय प्रविधिको छ । औपचारिक शिक्षासँगै समयको माग अनुसारको शिक्षा दिलाउने सरकारको कर्तव्य नै हो तर हामी सधैं सरकारसँग मात्र भर परेर हुँदैन । यहाँहरुको यो अभियान एकदमै राम्रो छ त्यसैले गाउँकुनामा पनि पुर्याउनुपर्छ,’ उनले भने ।

यस्तै ​टेकपाइलाको यो अभियानलाई देशव्यापी रूपमा प्रभावकारी र व्यापक बनाउन सम्पूर्ण टिम क्रियाशील टेकपाइलाका एसोसियट डाइरेक्टर चिरन्जिवी अधिकारीले बताए ।

उनले अबको युग एआई र प्रविधिको भएकाले हरेक घरघरमा प्रविधिमैत्री जनशक्ति हुनुपर्ने उल्लेख गरे । यसले हाम्रो घरघरमा राम्रो जनशक्ति उत्पादन गर्न सघाउ पुर्याएछ । घरमा गेट बलियो बनाएजस्तो कुकुर पालेजस्तो अब प्रविधिबाट पनि सुरक्षित हुनुपर्छ, उनले भने ‘त्यसैले यो कोर्स अबको पुस्ताको लागि अपरिहार्य छ ।’

यस्तै टेकपाइला गण्डकी प्रदेशका निर्देशक किसान सुनारले डिजी स्कुलमार्फत यसअघि पनि कम्प्युटरसम्बन्धि कोर्स पोखरामा भित्राएको स्मरण गराउँदै शैक्षिक क्षेत्रमा योगदान दिने उद्देश्यसहित नयाँ र समय सान्दर्भिक कोर्सहरु भित्राएको स्पष्ट पारे ।

उनका अनुसार सफ्टवेरिका कलेजको अनुसन्धान र विकास (आर एण्ड डी) लीद्वारा विकसित ‘टेकसेन्स प्रोग्राम’ (TechSense Programme) को औपचारिक परिचय गराइएको थियो ।

टेकपाइला कार्यक्रममा अध्ययन गरेका प्रतिभाशाली विद्यार्थीलाई सफ्टवारिका कलेज र सनवे कलेजमा उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गर्ने टेकपाइला गण्डकीका निर्देशक सुनारले बताए ।

सो कार्यक्रममा विभिन्न विद्यालय तथा कलेजका प्राचार्य र निर्देशक, इक्यानका पदाधिकारी तथा सदस्यहरु तथा शैक्षिक क्षेत्रमा प्रतिनिधिको उल्लेख्य सहभागिता रहेको थियो ।

 

 

 

 

You might also like

Comments are closed.