१४ जुन २०२६ मा विश्व रक्तदाता दिवस (World Blood Donor Day) को अवसरमा विशेष रक्तदान कार्यक्रम हुने भएको छ । ‘रक्तदान: प्राप्तकर्ताका लागि जीवनदायी, दाताका लागि गौरवमय’ ((Blood Donation: Good for the Recipient, Rewarding for the Donor)भन्ने नाराका साथ कार्यक्रम हुनेछ ।
टीयू लायन्स ब्लड बैंक ट्रान्सफ्युजन एण्ड रिसर्च सेन्टर, कीर्तिपुर, काठमाडौं हुने बिशेष कार्यक्रममा नेपालको पहिलो ‘A’ grade ब्लड बैंक किन र बैंक किन र कसरी स्थापना भएको थियो भन्ने विस्तृत जानकारी समेत लिन सकिने ब्लड डोनेसन रिसर्च म्यानेजमेन्ट को-अर्डिनेटर मनबहादुर रोकाले जानकारी दिए । ।
उक्त दिन रक्तादान गर्ने रक्तदातालाई गिफ्ट समेत प्रदान गरिने आयोजकले जनाएको छ ।






Comments are closed.