काठमाडौं । हिट्को प्रालिका म्यानेजिङ डाइरेक्टर प्रदीपमान प्रधान ‘अटोमोटिभ कम्पोनेन्ट्स अवार्ड २०२६’ बाट सम्मानित भएका छन् । हिट्कोले नेपालमा लामो समयदेखि अटोमोटिभ आफ्टर मार्केटका लागि आवश्यक कम्पोनेन्ट्स उपलब्ध गराइरहेको छ ।
ईश्वरलाल प्रतिष्ठानसँगको सहकार्यमा कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित १८औँ संस्करणको ‘कर्पोरेट बिजनेस समिट एन्ड अवार्ड, २०२६’ अन्तर्गत हिट्को प्रालिका म्यानेजिङ डाइरेक्टर प्रदीपमान प्रधानलाई सो अवार्ड प्रदान गरिएको हो । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले उनलाई सो अवार्ड प्रदान गरेका थिए ।
प्रदीपमान प्रधानको नेतृत्वमा रहेको हिट्को प्रालिले लामो समय देखि विशेष गरी ग्यारेज इक्विपमेन्ट र अन्य सेफ्टी इक्विपमेन्टहरु उपलब्ध गराइरहेको छ । हिट्कोले हाल टु ह्विलर, फोर ह्विलर, ट्रयाक्टर, हेभी इक्विपमेन्ट मर्मतका लागि आवश्यक टुल्स, पार्ट्स जस्ता उपकरण उपलब्ध गराउँदै आएको छ । त्यसैगरी उद्योगका लागि एयर कम्प्रेसर र मेटरियल ह्यान्डलिङ उपकरण उपलब्ध गराइरहेको छ ।
कुनै पनि सवारी साधन बिक्री गरेपछि बिक्रीपछिको सेवा उपलब्ध गराउनका लागि विभिन्न प्रकारका वर्कसप वा अन्य पूर्वाधारको आवश्यकता पर्छ । ती सबै पूर्वाधार कार्यका लागि आवश्यक उपकरण हिट्कोले उपलब्ध गराउदै आएको छ ।







Comments are closed.