कास्कीका सिडिओ कुमानसिंह गुरुङलाई लेखनाथमा स्वागत

लेखनाथ । कास्कीमा हालै सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कुमानसिंह गुरुङलाई सोमबार लेखनाथमा स्वागत गरिएको छ ।
लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको एक कार्यक्रमका विच प्रमुख जिल्ला अधिकारी गुरुङलाई स्वागत गर्दै संघका अध्यक्ष जानुका पराजुली अधिकारीले गुरुङको कार्यकालमा जिल्लामा शान्ति सुरक्षा कायम गराउँदै व्यवसायीहरुले शान्तिपुर्ण वातावरणमा उद्योग व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था हुने आशा र विश्वास व्यक्त गरिन् ।

अध्यक्ष पराजुलीले अनुगमनका नाउँमा व्यासायीहरुमा डर त्रास सिर्जना गरि हतोत्साही बनाउने कार्य नहुने अपेक्षा गर्दै लेखनाथ क्षेत्रका तालहरुमा हुने दुर्घटनाहरुमा मानिसहरुको ज्यान जाने गरेका वताउँदै त्यसको लागी प्रभावकारी सुरक्षा र उद्धारको व्यवस्थाका लागी पनि अनुरोध गरेकी थिईन् ।

उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी गुरुङले लेखनाथ क्षेत्रको बारेमा आफु पहिल्यै देखी नै जानकार रहेको वताउँदै यस क्षेत्रसँग आगामी दिनमा सम्बन्ध अझै सुमधुर हुने वताएका थिए । जिल्लामा लागु पदार्थ दुव्यर्सनी रोक्ने विषयमा, शान्ति सुरक्षा कायम गराउने विषयमा आफुले सक्दो पहल गर्ने वताएका थिए । प्रमुख गुरुङले कसैलाई पनि असमान व्यवहार हुन नहुनेमा आफु सचेत रहेको वताउँदै व्यवसायीहरुले उयपभोक्ताको अधिकारका विषयमा, राजश्वको विषयमा व्यवसायीहरुले पनि ध्यान पुर्याउने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य छत्रधर आत्रेयले विधिसम्मत कार्यहरुमा राज्यबाट व्यवसायीहरुले सदैव न्यायसम्मत अपेक्षा राख्ने वताएका थिए । उनले लामो समयदेखी कुरा उठिरहेको औधोगिक क्षेत्रका विषयमा सकारात्मक पहल हुने विश्वास व्यक्त गरे ।

उक्त अवसरमा संघका पुर्वअध्यक्ष चतुराखर अधिकारीले प्रमुख जिल्ला अधिकारी गुरुङ यस क्षेत्रमा परिचित र युवा व्यक्तित्व भएको र अहिलेको सरकार पनि त्यहि बाटोमा रहेकोमा अवसर र चुनौती दुवै रहेको वताए । उनले उहाँको कार्यकालमा मुक्तकण्ठले प्रशंसा गर्ने कार्य गर्न सफलताको लागि शुभकामना व्यक्त गरेकमा थिए ।

संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले र त्रन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले गरेका थिए ।

You might also like

Comments are closed.