ललितपुर । ट्रायम्फ र केटीएमले ललितपुरको कुमारीपाटीमा नयाँ मल्टि-ब्रान्ड शोरुम सञ्चालनमा ल्याएको छ । नयाँ मल्टि-ब्रान्ड शोरुम संचालन सँगै ग्राहकले अब ललितपुरमै अन्तर्राष्ट्रिय स्तरको मोटरसाइकल अनुभव गर्न पाउने भएका छन्।
ललितपुरको सबैभन्दा प्रमुख र सहज पहुँच भएको स्थानमध्ये एक कुमारीपाटीमा रहेको यो नयाँ शोरुमले सेल्स, सर्भिस र स्पेयर्स ९घक्० सम्बन्धी सेवा एउटै स्थानबाट प्रदान गर्न डिजाइन गरिएको बताइएको छ । कुमारीपाटीमा संचालन गरिएको सोरुम सातौं हो भने आगामी दिनमा थप स्थानमा पनि शोरुम विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
नयाँ शोरुमको उद्घाटन गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र ललितपुर ट्राफिक प्रहरीका डीएसपी सुनिल जंग शाहको सहभागितिमा भएको थियो।
ललितपुरस्थित यो शोरुम मोटरसाइकल पारखीका लागि एक विशेष मल्टि(ब्रान्ड गन्तव्यका रूपमा स्थापित भएको छ, जहाँ ट्रायम्फको प्रिमियम बेलायती मोटरसाइकल परम्परा र केटीएमको विश्व प्रसिद्ध मोटरसाइकल मोडेलहरू एउटै छानामुनि अनुभव गर्न सकिने बताइएको छ ।
यो शोरुम ग्राहकलाई मोटरसाइकल खरिददेखि बिक्रीपछिको सेवासम्म सहज, भरपर्दो र उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यका साथ संचालन गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा बोल्दै बाइकर्स डिपोका सञ्चालक सतेज श्रेष्ठले भने, “ललितपुरका राइडरहरूलाई अन्तर्राष्ट्रियस्तरको सेवा र अनुभव प्रदान गर्ने उद्देश्यका साथ ट्रायम्फ र केटीएमलाई अझ नजिक ल्याउन पाउँदा हामी निकै गर्व महसुस गरेका छौं। बिक्री, सर्भिस र स्पेयर्सको सम्पूर्ण सुविधा एउटै स्थानमा उपलब्ध गराएर उत्कृष्ट प्रदर्शन, गुणस्तर र मोटरसाइकलप्रतिको लगावलाई महत्व दिने प्रत्येक राइडरका लागि भरपर्दो गन्तव्य बन्ने हाम्रो लक्ष्य हो।”
शोरुम उद्घाटनका अवसरमा ट्रायम्फ नेपालका कन्ट्री म्यानेजर सागर थापाले भने, “ललितपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याउनु हाम्रो लागि केवल गर्व मात्र होइन, नेपालभरका राइडरहरूसम्म ट्रायम्फको प्रिमियम अनुभव अझ सहज रूपमा पुर्याउने महत्वपूर्ण प्रयास पनि हो। मोटरसाइकलप्रेमीहरूको बढ्दो विश्वास र उत्साहलाई ध्यानमा राख्दै हामी गुणस्तरीय सेवा र विश्वस्तरीय मोटरसाइकलिङ अनुभवलाई देशका विभिन्न स्थानमा विस्तार गर्न प्रतिबद्ध छौं।”
यस विस्तारसँगै ट्रायम्फ र केटीएमले नेपालभरका राइडरसँगको सम्बन्धलाई अझ बलियो बनाउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको छ। उत्कृष्ट सेवा, सहज पहुँच र ग्राहकको विश्वासलाई प्राथमिकतामा राख्दै यी ब्रान्डहरूले मोटरसाइकल मात्र नभई सम्पूर्ण मोटरसाइकलिङ संस्कृतिलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएका छन्।
बाइकर्स डिपो ललितपुरका लागि ट्रायम्फ र केटीएमको आधिकारिक शोरुम पार्टनर हो। यहाँ मोटरसाइकल पारखीलाई प्रिमियम मोटरसाइकल, जेनुइन स्पेयर्स, व्यावसायिक सर्भिस तथा खरिददेखि बिक्रीपछिको सेवासम्मको उत्कृष्ट अनुभव प्रदान गर्न प्रतिबद्ध रहेको बताइएको छ।







Comments are closed.