स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र प्राविधिक नवप्रवर्तनको लहर तीव्र गतिमा अघि बढिरहेको छ। नवप्रवर्तनकारी सोच भएका युवा उद्यमीलाई विश्वव्यापी मञ्चसँग जोड्न र नेपालमा एउटा बलियो स्टार्टअप इकोसिस्टम  निर्माण गर्न ऐतिहासिक पहल सुरु भएको छ।

यसै सन्दर्भमा, द ब्रिटिश कलेज र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) बीच ‘स्टार्टअप वर्ल्ड कप नेपाल च्याप्टर २०२६’ का लागि एक रणनीतिक सम्झौता सम्पन्न भएको छ। यस साझेदारीले नेपालको सूचना प्रविधि र डिजिटल उद्यमशीलताको जगलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी सम्झौता अनुसार क्यान महासंघ यस प्रतिष्ठित ग्लोबल प्रतिस्पर्धाको ‘स्ट्राटेजिक अर्गनाइजिङ पार्टनर’ को रूपमा रहनेछ। उक्त सम्झौता पत्रमा द कँडेल ग्रुप तथा द ब्रिटिश कलेजका ग्रुप सीईओ राजन कँडेल र क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा वन कभर प्रालिका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)चिरञ्जीवी अधिकारीले हस्ताक्षर गरेका छन् ।

यो सहकार्य केवल एउटा प्रतिस्पर्धा मात्र नभएर नेपालभर छरिएर रहेका नवप्रवर्तनकारी सोचहरूलाई एकीकृत गर्ने र उनीहरूलाई व्यावसायिक रूपमा स्थापित गर्ने महाअभियान हो।देशव्यापी नवप्रवर्तन  र प्रादेशिक पहुँच नेपालको उद्यमशीलता केवल काठमाडौं उपत्यकामा मात्र सीमित हुनु हुँदैन भन्ने मान्यताका साथ यो साझेदारीले देशव्यापी रणनीति तय गरेको छ,  नेपालका विभिन्न प्रदेशहरूमा स्थानीय स्तरका स्टार्टअपहरू पहिचान गर्न विशेष प्रतियोगिताहरू संचालन गरिनेछ।नेपाली उद्यमीहरूलाई उद्योगका अनुभवी नेतृत्वकर्ताहरू, सफल व्यवसायी र प्राविधिक विज्ञसँग जोडिनेछ।नवप्रवर्तनकारी आइडियाहरूलाई पूँजी सँग जोड्न स्वदेशी तथा विदेशी लगानीकर्तासँग सहजीकरण गरिनेछ।

साझेदारीका क्रममा दुवै संस्थाका नेतृत्वकर्ताहरूले नेपालको आर्थिक समृद्धिका लागि स्टार्टअप कल्चर र डिजिटल फाउन्डेसनको महत्त्वमाथि जोड दिनुएका छन् ।

‘नेपालको भावी आर्थिक समृद्धिका लागि नवप्रवर्तन र उद्यमशीलता मुख्य संवाहक हुन्। क्यान महासंघसँगको यो साझेदारीले नेपाली स्टार्टअपहरूलाई मेन्टरसिप, लगानी र विश्वव्यापी अवसरहरू प्राप्त गर्ने बलियो राष्ट्रिय प्लेटफर्म प्रदान गर्नेछ,’ द कँडेल ग्रुप तथा द ब्रिटिश कलेजका सीईओ राजन कँडेलले भने ।

क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले भने, ‘क्यान महासंघ स्थापनाकाल देखि नै नेपालको सूचना प्रविधि र नवप्रवर्तनको विकासमा समर्पित छ। द ब्रिटिश कलेजसँगको सहकार्यले देशव्यापी रूपमा नवप्रवर्तनलाई प्रोत्साहन गर्दै हाम्रा प्रविधी उद्यमीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रदर्शन गर्ने ऐतिहासिक अवसर प्रदान गर्नेछ।’

पेगासस टेक भेन्चर्स द्वारा विश्वव्यापी रूपमा आयोजना हुने ुस्टार्टअप वर्ल्ड कपु विश्वकै सबैभन्दा ठूला र प्रतिष्ठित स्टार्टअप प्रतिष्पर्धाहरू मध्ये एक हो। यो विश्वका ६० भन्दा बढी देशहरूमा आयोजना हुने गर्दछ।

विजेताले के पाउँछन् ?
ग्लोबल एक्सपोजरस् नेपाल च्याप्टरको विजेताले अमेरिकाको प्रख्यात प्रविधि केन्द्र सिलिकन भ्याली ९क्ष्ष्अियल ख्बििभथ० मा हुने ग्लोबल ग्राण्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्नेछन्।

ऐतिहासिक लगानी पुरस्कारस् विश्व मञ्चका दिग्गजहरूसँग प्रतिस्पर्धा गर्दै विजेताले १ मिलियन अमेरिकी डलर (करिब १३ करोड रुपैयाँ भन्दा बढी) को लगानी पुरस्कार ९क्ष्लखभकतmभलत एचष्शभ० जित्ने अवसर पाउनेछन्।

यो विश्वकपले नेपालमा उद्यमशीलताको बलियो जग ९ँयगलमबतष्यल० बसाल्न कसरी मद्दत गर्छ ?
आइडियादेखि स्केलिङसम्मस् नेपाली युवाहरूमा आइडियाको कमी छैन, तर त्यसलाई बजार अनुकूल ९ःबचपभत(चभबमथ० बनाउन आवश्यक पर्ने ‘इकोसिस्टम’ को अभाव छ। यो मञ्चले ती आइडियालाई बिजनेस मोडलमा बदल्न सघाउनेछ।
डिजिटल इकोनोमीमा टेवास् प्रविधिमा आधारित स्टार्टअपहरूले नेपालमै रोजगारी सिर्जना गर्ने र डिजिटल अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुर्‍याउँछन्।

‘ब्रान्ड नेपाल’ को प्रवर्द्धनस् विश्व बजारमा नेपाली प्रविधि, इन्डिजिनियस सफ्टवेयर र युवाहरूको प्राविधिक क्षमता प्रदर्शन गरेर नेपाललाई प्रविधिको सम्भावना बोकेको देशको रूपमा स्थापित गर्न यसले मद्दत गर्नेछ।

स्टार्टअप वर्ल्ड कप नेपाल च्याप्टर २०२६ नेपाली उद्यमशीलताको इतिहासमा एउटा कोशेढुङ्गा साबित हुन सक्छ। द ब्रिटिश कलेजको प्राज्ञिक दूरदर्शिता र क्यान महासंघको देशव्यापी सञ्जाल तथा सूचना प्रविधि क्षेत्रको नेतृत्वले नेपाली नवप्रवर्तनलाई नयाँ उचाइमा पुर्‍याउने निश्चित छ। अब पालो नेपाली युवा उद्यमीहरूको हो—आफ्नो नवीन सोचलाई विश्वव्यापी मञ्चमा प्रस्तुत गर्ने र ‘सिलिकन भ्याली’ सम्मको यात्रा तय गर्ने।

You might also like

Comments are closed.