बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला ६ सय रुपैयाँले बढेको छ भने चाँदी ३५ ले घटेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार र चाँदीको मूल्य ४ हजार ४७५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८७ हजार ४ सय रुपैयाँ र चाँदी ४ हजार ५१० रुपैयाँमा कारोबार भएको थियो ।
You might also like

Comments are closed.