काठमाडौं । क्रसफायरले तबेला नेपालमा आयोजित भव्य ब्रान्ड लन्च कार्यक्रममार्फत नेपालमा आधिकारिक रूपमा LETBE Flygon 220 सार्वजनिक गरेको छ। मोटरसाइकललाई Flygon 220 City र Flygon 220 Hills गरी दुई भेरियन्टमा प्रस्तुत गरिएको छ। यसले राइडरलाई आफ्नो जीवनशैली, रोजाइको भू–भाग तथा राइडिङ आवश्यकताअनुसार उपयुक्त भेरियन्ट छनोट गर्ने विकल्प प्रदान गर्दछ।
यो केवल नयाँ मोटरसाइकल सार्वजनिक गरिएको अवसर मात्र नभई, Crossfire ले नेपालमा LETBE नामक नयाँ ब्रान्डको औपचारिक सुरुवातगरेको महत्वपूर्ण क्षण हो। Flygon 220 City र Flygon 220 Hills, LETBE ब्रान्डअन्तर्गत सार्वजनिक गरिएका पहिलो मोडलहरू हुन्। “Mechanical Companion” अवधारणामा आधारित LETBE ले व्यावहारिकता, प्रविधि, बहुउपयोगिता र जीवनशैलीलाई एउटै मोटरसाइकल अनुभवमा जोड्ने लक्ष्य राखेको छ।
One Bike. Every Road. Every Purpose
“Mechanical Companion” अर्थात् “मेकानिकल कम्प्यानियन” को अवधारणाअन्तर्गत विकास गरिएको Flygon 220 लाई स्पष्ट रूपमा Cross- Terrain Motorcycle का रूपमा प्रस्तुत गरिएको छ। यो मोटरसाइकल सहरका सडक, राजमार्ग, पहाडी बाटो तथा हल्का अफ–रोड ट्रेलमा प्रभावकारी रूपमा चल्न सक्ने गरी इन्जिनियर गरिएको छ।
“One Bike. Every Road. Every Purpose.” अर्थात् “एउटै बाइक। हरेक सडक। हरेक उद्देश्य।” भन्ने मूल सन्देशमा आधारित Flygon 220 ले दैनिक कम्युटरको व्यावहारिकता र टुरिङ तथा एड्भेन्चर यात्राका लागि आवश्यक आराम, स्थिरता र क्षमतालाई एउटै मोटरसाइकलमा समेटेको छ। यसले राइडरलाई एउटै बहुउपयोगी मोटरसाइकलमार्फत विभिन्न भू–भागमा आत्मविश्वासका साथ यात्रा गर्न सक्षम बनाउँछ।
Flygon 220 City मा सहरी सडक, राजमार्ग तथा कहिलेकाहीँ गरिने हल्का अफ–रोड यात्रामा चुस्त ह्यान्डलिङ, स्थिरता र आत्मविश्वास प्रदान गर्ने स्ट्रिट–फोकस्ड टायर प्रयोग गरिएको छ।
Flygon 220 Hills मा एड्भेन्चर–ओरिएन्टेड नबी टायर जडान गरिएको छ, जसले ग्राभेल सडक, पहाडी मार्ग तथा हल्का अफ–रोड भू–भागमा थप ग्रिप र आत्मविश्वास प्रदान गर्दछ।
LETBE Flygon 220 मा पाँच वर्षको वारेन्टी प्रदान गरिएको छ। यसले मोटरसाइकलको इन्जिनियरिङ, टिकाउपन तथा दीर्घकालीन विश्वसनीयताप्रति ब्रान्डको विश्वासलाई प्रतिबिम्बित गर्दछ। यस वारेन्टीले राइडरलाई थप मानसिक शान्ति प्रदान गर्नुका साथै Flygon 220 लाई एक भरपर्दो मेकानिकल कम्प्यानियनका रूपमा स्थापित गर्ने प्रतिबद्धतालाई अझ बलियो बनाउने कम्पनीले जनाएको छ ।
Flygon 220 मा ७८० मिलिमिटरको कम सिट उचाइ प्रदान गरिएको छ, जसले औसत नेपाली उचाइ भएका राइडरहरूका लागि मोटरसाइकललाई सहज, पहुँचयोग्य र आरामदायी बनाउने तथा यसको २३० मिलिमिटर ग्राउन्ड क्लियरेन्स ले स्पिड ब्रेकर, असमान सडक, ग्राभेल ट्र्याक तथा नेपालका विविध क्रस–टेरेन राइडिङ अवस्थाहरूमा आत्मविश्वासका साथ यात्रा गर्न सहयोग गर्ने बताइएको छ ।
यसमा 130/80-18 साइजको अगाडिको टायर र 180/80-14 साइजको पछाडिको टायर सहितको ठूलो ह्विल प्रोफाइल प्रयोग गरिएको छ। यो टायर प्रोफाइल आफ्नो सेग्मेन्टकै सबैभन्दा ठूला र फराकिला टायर प्रोफाइलमध्ये एकका रूपमा प्रस्तुत गरिएको छ। फराकिलो टायर सेटअपले विभिन्न सतहमा ग्रिप, स्थिरता र राइडरको आत्मविश्वास बढाउनुका साथै Flygon 220 लाई बोल्ड, मस्कुलर र प्रभावशाली रोड प्रेजेन्स प्रदान गर्दछ।
दुवै भेरियन्टमा Bosch EFI प्रविधिसहितको 220cc सिंगल–सिलिन्डर, एयर–कुल्ड इन्जिन प्रयोग गरिएको छ।
इन्जिनले ७,५०० आरपीएममा १२.८ किलोवाट पावर र ५,५०० आरपीएममा १७ एनएम टर्क उत्पादन गर्दछ। यसको पावर पाँच–स्पिड गियरबक्स तथा चेन–ड्राइभ ट्रान्समिसनमार्फत सञ्चालन हुन्छ।
LETBE Flygon 220 मा निम्न आधुनिक सुविधा समावेश गरिएका छन्:
● प्यासिभ कीलेस एन्ट्री
● पुश–स्टार्ट इग्निसन
● स्मार्ट लकिङ सिस्टम
● एन्टी–थेफ्ट अलार्म
● २.८ इन्चको TFT डिस्प्ले
यसको अपराइट राइडिङ पोजिसन, अप्टिमाइज्ड राइडर ट्रायाङ्गल, कम सेन्टर अफ ग्राभिटी र सहज सिट उचाइले नयाँ तथा अनुभवी दुवै राइडरलाई राम्रो आराम, नियन्त्रण र आत्मविश्वास प्रदान गर्दछ।
नेपालमा आधिकारिक मूल्य
LETBE Flygon 220 City — NPR 5,49,999
LETBE Flygon 220 Hills — NPR 5,74,999
दुवै भेरियन्टको बुकिङ नेपालभरका आधिकारिक Crossfire तथा LETBE बिक्री च्यानलहरू मार्फत खुला गरिएको बताइएको छ।
नवीन उत्पादन, राइडर अनुभव तथा निरन्तर विस्तार भइरहेको मोटरसाइक्लिङ समुदायमार्फत कम्पनीले राइडरलाई परम्परागत सीमाभन्दा बाहिर पुगेर नयाँ सडक, नयाँ गन्तव्य र नयाँ अनुभवहरू अन्वेषण गर्न प्रेरित गर्दै आएको छ।







Comments are closed.