३ महिनामा ९० हजार लाइसेन्स वितरण, १९ करोड ८२ लाख राजस्व संकलन

भक्तपुर । बितेका ३ महिनामा यातायात व्यवस्था कार्यालयले ९० हजार थान सवारीचालक अनुमतिपत्र वितरण गरेको छ ।
यसबाट राज्यकोषमा रु  १९ करोड ८२ लाख दाखिला भएको छ । उक्त अवधिमा दुई लाख ३८ हजार लाइसेन्स छापिएकामा ९० हजार सेवाग्राहीलाई प्रदान गरिएको उक्त कार्यालयका प्रमुख प्रविण श्रेष्ठले जानकारी दिए ।
हाल दैनिक १ हजारदेखि १ हजार ८ सय सेवाग्राहीलाई अनुमतिपत्र प्रदान हुँदै आएको छ । रासस
You might also like

Comments are closed.