धुलीखेलस्थित भूमि प्रशासन तालिम केन्द्रमा नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेको नेतृत्वमा महासंघका सचिव तथा अन्य रियल इस्टेट व्यवसायीको सहभागितामा तालिम केन्द्रका कार्यकारी निर्देशक जनकराज जोशी, अन्य निर्देशक तथा प्रशिक्षकसँग व्यवसायिक छलफल बैठक सम्पन्न भएको छ ।
बैठकमा रियल इस्टेट व्यवसायीको क्षमता अभिवृद्धि तथा व्यवसायलाई थप व्यावसायिक, व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले सञ्चालन गरिने व्यवसायिक तालिमका लागि भूमि प्रशासन तालिम केन्द्रद्वारा तयार पारिएको पाठ्यक्रमको विस्तृत प्रस्तुति गरिएको थियो। साथै, उक्त तालिम प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक कार्यविधि, व्यवस्थापन, समन्वय तथा सहकार्यका विविध पक्षहरूमा विस्तृत छलफल गरिएको थियो।
छलफलका क्रममा कार्यकारी निर्देशक जनकराज जोशीले तालिम ३ वटा मोड्युलमा आधारित रहने, प्रत्येक दिन ६ घण्टाका दरले १५ दिनसम्म सञ्चालन गरिने जानकारी दिए । महासंघकोव्यबस्थापनमा सम्पन्न हुने सो तालिम सम्पन्न गर्ने सहभागीलाई भूमि प्रशासन तालिम केन्द्रबाट आधिकारिक प्रमाणपत्र प्रदान गरिने जानकारी पनि उनले गराए ।
यस छलफलले रियल इस्टेट व्यवसायीको ज्ञान, सीप र व्यावसायिक दक्षता अभिवृद्धि गर्दै व्यवसायलाई थप विश्वसनीय, व्यवस्थित र गुणस्तरीय बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।



Comments are closed.