जुलाई २९ मा ३२औं कार्गो दिवस, लजिस्टिक्स क्षेत्रका चुनौती तथा सम्भावनाबारे बहस हुने

काठमाडौं । नेपाल फ्रेट फरवार्डस एसोसिएसन “EFFICIENT LOGISTICS – STRONGER ECONOMY” भन्ने मूल नाराका साथ ३२औं कार्गो दिवस–२०२६ मनाउने भएको छ ।। २०८३ साउन १३ गते (जुलाई २९, २०२६) काठमाडौंमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख अतिथ्यतामा कार्यक्रम हुने एसोसिएसनले सोमबार आयोजना गरेका पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कार्गो दिवस विगत तीन दशकदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको र आज यो नेपालको लजिस्टिक्स तथा फ्रेट फरवार्डिङ क्षेत्रको सबैभन्दा प्रतिष्ठित वार्षिक कार्यक्रमका रूपमा स्थापित भएको बताइएको छ ।

कार्गो दिवस केवल वार्षिक समारोह मात्र नभई नेपालको व्यापार, लजिस्टिक्स तथा आपूर्ति शृङ्खलाको विकासका लागि सरकार, निजी क्षेत्र तथा अन्य सरोकारवालाबीच सहकार्य र साझा प्रतिबद्धता अभिवृद्धि गर्ने महत्वपूर्ण मञ्च रहेको र यस कार्यक्रमले नेपालको लजिस्टिक्स क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप परिचित गराउँदै व्यापार सहजीकरणमार्फत राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउन योगदान पुग्ने एसोसिएसनका अध्यक्ष राजेन्द्र सँग्रौलाले बताए ।

कार्यक्रममार्फत लजिस्टिक्स क्षेत्रका चुनौती, पूर्वाधार विकास, व्यापार सहजीकरण, आधुनिक प्रविधिको प्रयोग तथा अन्तर्राष्ट्रिय अभ्यासका विषयमा छलफल गरिनुका साथै सरकार र निजी क्षेत्रबीच नीतिगत संवादलाई थप प्रभावकारी बनाउने उद्देश्य रहेको एसोसिएसनले जनाएको छ।

प्रारम्भमा सदस्यबीच आपसी सम्बन्ध, सहकार्य र एकता अभिवृद्धि गर्ने उद्देश्यले सुरु गरिएको कार्गो दिवस समयसँगै सरकार, निजी क्षेत्र, अन्तर्राष्ट्रिय संस्था तथा लजिस्टिक्स उद्योगसँग सम्बन्धित सरोकारवालाबीच संवाद र सहकार्यको महत्वपूर्ण मञ्चका रूपमा विकास भएको
एसोसिएसनका वरिष्ठ उपाध्यक्ष तथा ३२औं कार्गो दिवसका संयोजक नरेश कुमार अग्रवालले बताए।

यस वर्षको कार्यक्रमलाई Qatar Airways Cargo तथा Thai Airways Cargo ले Platinum Sponsorshipका रूपमा सहयोग गरेका छन्। साथै विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्स, सिपिङ लाइन, बन्दरगाह तथा अन्य व्यावसायिक साझेदार संस्थाहरूको पनि सहयोग रहेको छ।

कार्गो दिवसको अवसरमा लजिस्टिक्स तथा फ्रेट फरवार्डिङ क्षेत्रको विकास र व्यापार सहजीकरणमा उल्लेखनीय योगदान पुर्‍याउने संस्था तथा व्यक्तिलाई NEFFA Annual Award 2026 प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । NEFFA सदस्य, सरकारी तथा गैरसरकारी निकाय, अनलाइन तथा अफलाइन एयरलाइन्स, लामो समयदेखि सेवा गरेका कर्मचारी तथा कार्यक्रमका सहयोगी संस्थालाई विभिन्न विधामा पुरस्कार प्रदान गरिने जनाइएको छ।

तथा व्यापार सहजीकरणसम्बन्धी भिडियो डकुमेन्ट्री प्रदर्शन, सरकारी तथा निजी क्षेत्रबीच नेटवर्किङ तथा फेलोसिप कार्यक्रम, साथै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सहभागीबीच अनुभव आदान–प्रदान समावेश रहनेछन्।

संघले सञ्चारमाध्यमलाई कार्यक्रमको व्यापक प्रचार–प्रसार गरिदिन पत्रकार सम्मेलनमार्फत अनुरोध गर्दै सम्पूर्ण सरोकारवालालाई ३२औं कार्गो दिवसमा सहभागी हुन आग्रह गरेको छ।

You might also like

Comments are closed.