काठमाडौं। पाकिस्तानको गिलगिट–बाल्टिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रड पिक आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका पर्वतारोहीप्रति वायुसेवा सञ्चालक संघ नेपालले श्रद्धाञ्जली अर्पण गरेको छ। साउन १६ गते शनिबार संघले श्रद्धाञ्जली अर्पण गर्दै विज्ञप्ती निकालेको हो ।
विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा ९निम्स दाई० सहित पाँच नेपाली तथा अमेरिका, ओमान, चीन, पाकिस्तान र बेलायतका पर्वतारोहण अभियानमा सहभागी अन्य आरोहीको असामयिक निधनप्रति शोक गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौं, विज्ञप्तमिा भनिएको छ ।
मुस्ताङ हेलिकप्टर प्रालिका अध्यक्ष तथा विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाले ६ महिना ६ दिनमै विश्वका ८,००० मिटरभन्दा अग्ला १४ वटा हिमाल सफलतापूर्वक आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए । उनले आफ्नो साहस, अनुशासन र समर्पणमार्फत नेपालको पर्वतारोहण क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान दिलाएको पनि संघले जनाएको छ।
संघका अनुसार निर्मल पुर्जाले उत्कृष्ट सैन्य सेवाका लागि सन् २०१८ मा तत्कालीन बेलायती महारानी एलिजाबेथ द्वितीयबाट ‘एमबीई ९ःद्यभ्०’ सम्मान प्राप्त गरेका थिए। साथै बेलायतको इस्टेट बरो काउन्सिलबाट ‘अनरेरी फ्रिडम अफ द बरो’ सम्मानबाट समेत सम्मानित भएका थिए।
हिमाल आरोहणका क्षेत्रमा ऐतिहासिक योगदान पुर्याएका व्यक्तित्वको निधनले पर्यटन तथा पर्वतारोहण क्षेत्रलाई अपूरणीय क्षति पुगेको संघका अध्यक्ष प्रताप जंग पाण्डेले बताए ।




Comments are closed.