काठमाडौं । काठमाडौंको लाजिम्पाटमा रहेको इनोभा हस्पिटल र परिवर्तन नेपाल अभियान पोखराबीच छुट सम्झौता भएको छ । सम्झौतामा इनोभा हस्पिटलको तर्फबाट फाइनान्स चिफ नवराज रेग्मी र परिवर्तन नेपालको तर्फबाट फाइनान्स चिफ सरस्वती पुरीले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुशार परिवर्तन नेपाल अभियानका सदस्य, कर्मचारी तथा सिफारिस गरिएका व्यक्तिलाई इनोभा हस्पिटलमा विभिन्न स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध हुनेछ ।
हस्पिटलमा ओपीडी (बाह्यरोग) परामर्शमा १५ देखि २० प्रतिशत, आईपीडी (भर्ना तथा बेड शुल्क)मा २० प्रतिशत, प्रयोगशाला परीक्षणमा २५ प्रतिशत, रेडियोलोजी (एक्स(रे, अल्ट्रासाउन्ड) २० प्रतिशत, औषधि (फार्मेसी) मा १० प्रतिशत स्वास्थ्य परीक्षण २५ प्रतिशत छुट पाउने बताइएको छ ।
बाहिरी प्रयोगशालाबाट गरिने परीक्षण, शल्यक्रियामा प्रयोग हुने उपभोग्य सामग्री तथा तेस्रो पक्षका डाक्टरको शुल्कमा छुट लागू हुने बताइएको छ ।
यस सम्झौताअनुसार परिवर्तन नेपाल अभियानका सदस्य तथा संस्थाले सिफारिस गरेका व्यक्तिहरूले इनोभा हस्पिटलमा उपचार, परीक्षण, औषधि तथा स्वास्थ्य परीक्षण सेवामा १०५ देखि २५५ सम्म छुट प्राप्त गर्न सक्नेछन्, तर तोकिएका केही सेवामा छुट लागू नहुने र सम्झौताको अवधि १ वर्ष रहेको छ।




Comments are closed.