पोखरामा बीवाईडीको विशेष ‘सर्भिस क्याम्प’ जारी

पोखरा । बीवाईडीले पोखरामा आफ्ना ग्राहकलाई लक्षित गरि द्यथ्म् क्भचखष्अभ ऋबmउ’ संचालन गरेको छ । पोखरा १० बुद्धचोकमा रहेको सर्भिस सेन्टरमा क्याम्प सञ्चालन भइरहेको छ । अगस्ट ९ मा शुरु भएको सर्भिस क्याम्प अगस्ट १३ सम्म संचालन हुनेछ ।

कम्पनीका अनुशार क्याम्पमा बीवाइडीका ग्राहकले निःशुल्क टप वास, निःशुल्क सामान्य सवारी जाँच, जेन्युइन बीवाइडी स्पेयर पार्ट्समा ५ %  छुट, डेन्ट तथा पेन्ट सेवामा १० %  छुट, सवारीको फिटनेस परीक्षणमा छुट पाउने छन् ।

ग्राहकलाई आफ्नो सवारीको सुरक्षा, कार्यक्षमता र दीर्घकालीन प्रदर्शन कायम राख्न यो क्याम्प उपयोगी हुने कम्पनीले जनाएको छ । फ्ल्यास मोबिलिटीले पोखरा तथा आसपासका  बीवाईडी प्रयोगकर्तालाई सीमित अवधिको यो विशेष सेवाबाट लाभ लिन आग्रह गरेको छ।

You might also like

Comments are closed.