चितवन उद्योग वाणिज्य संघ र मेदान्त डेन्टल जोनबीच सहुलियत सम्वन्धी सम्झौता

भरतपुर । चितवन उद्योग वाणिज्य संघले चौबिसकोठीमा रहेको मेदान्त डेन्टल जोन प्रालि सँग दन्त स्वास्थ्य सेवामा सहुलियत सम्झौता सम्वन्धि सम्झौता गरेको छ । व्यावसायिक सामाजिक उत्तरदायित्व र सदस्य लक्षित कल्याणकारी कार्यक्रम अन्तर्गत दन्त स्वास्थ्य सेवामा विशेष छुट तथा सहुलियत प्रदान गर्नेसम्बन्धी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

चितवन उद्योग वाणिज्य संघमा आबद्ध सदस्य एवम् कर्मचारी तथा उनीहरूका परिवारका सदस्यलाई समेत मेदान्त डेन्टल जोनले दन्त उपचार सेवामा छुट सेवा उपलब्ध गराउने सम्बन्धी समझदारी भएको बताइएको छ ।

चितवन उद्योग वाणिज्य संघको सदस्य एवम् कर्मचारीका परिवारका सदस्यहरुलाई मेदान्त डेन्टल जोन प्रालि ले आफ्नो क्लिनिक÷अस्पतालमा उपलब्ध गराउने सम्पूर्ण प्रकारका साना तथा ठुला दन्त उपचार सेवाहरूमा २०५ देखि २५५ सम्म छुट प्रदान गर्ने सम्झौतामा उल्लेख छ ।

छुट सेवा लिनका लागि चितवन उद्योेग वाणिज्य संघका सदस्य एवम् कर्मचारीले मेदान्त डेन्टल जोन प्रालि मा उपचारका लागि दर्ता वा बिलिङ गराउने समयमा चितवन उद्योग वाणिज्य संघबाट जारी गरिएको आधिकारिक परिचय पत्र पेश गर्नुपर्ने संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिए ।

उक्त समझदारी पत्रमा चितवन उद्योग वाणिज्य संघको तर्फबाट कार्यकारी निर्देशक निलबहादुर के.सी तथा कार्यसमिति सदस्य एवम् स्वास्थ्य समिति संयोजक प्रविन आचार्यले हस्ताक्षर गरेका छन् भने मेदान्त डेन्टल जोन प्रालि को तर्फबाट प्रबन्ध निर्देशक आरती आचार्य र म्यानेजर गङ्गा राम गौतमले हस्ताक्षर गरेका छन् ।

सम्झौता हस्ताक्षर गर्ने कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदी, वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली, कार्यकारी निर्देशक निलबहादुर केसी, कार्यसमिति सदस्य एवम् स्वास्थ्य समिति संयोजक प्रविन आचार्य र मेदान्त डेन्टल जोनबाट प्रबन्ध निर्देशक आरती आचार्य, म्यानेजर गङ्गा राम गौतमको सहभागिता रहेको थियो ।

You might also like

Comments are closed.