नेपाल उद्योग वाणिज्य महासंघको ‘शहरी विकास समिति’ सदस्यमा हिमालय जंग क्षेत्री मनोनीत

​काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले ुशहरी विकास समितिुको सदस्यमा हिमालय जंग क्षेत्रीलाई मनोनीत गरेको छ।
​महासंघका अध्यक्ष अन्जन श्रेष्ठले महासंघको कार्यकारिणी समितिका सदस्य विदुर धमलाको सभापतित्वमा गठित ‘शहरी विकास समिति’ को सदस्यमा क्षेत्रीलाई मनोनयन गरेका हुन् ।

चम्से कन्स्ट्रक्सन प्रा।लि। का सञ्चालक क्षेत्रीलाई शहरी विकास, पूर्वाधार निर्माण तथा यस क्षेत्रका विविध विषयहरूमा रहेको विज्ञता, अनुभव र प्रतिबद्धतालाई कदर गर्दै उक्त जिम्मेवारी सुम्पिएको महासंघले जनाएको छ।

​क्षेत्रीको योगदानले समितिका कार्यहरूलाई थप प्रभावकारी, नतिजामुखी र व्यवस्थित बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास महासंघले व्यक्त गरेको छ।

You might also like

Comments are closed.