बर्जर पेण्ट्सको ‘रंग बहार’ अभियान, यामाहा रेजेडआर १२५ हाइब्रिड स्कुटर जित्ने मौका

काठमाडौं । नेपालको अग्रणी पेण्ट तथा कोटिङ ब्रान्ड बर्जर पेण्ट्सले विगतका वर्षहरूमा झैं यस वर्ष पनि आफ्ना ग्राहकलाई चाडपर्वको अवसर लक्षित गरी ‘रंग बहार’ ग्राहक योजना अभियान सार्वजनिक गरेको  छ । यस अभियानअन्तर्गत ग्राहकले Yamaha RayZR 125 – Hybrid Scooter सहित ३५० भन्दा बढी आकर्षक उपहार जित्ने अवसर प्राप्त गर्नेछन् ।

“बर्जर रंग बहार, उपहारै उपहार, लक्की ड्रको बम्परमा Yamaha RayZR!” भन्ने नाराका साथ ल्याइएको यस ग्राहक योजनामा बर्जर पेण्ट्सका उत्पादन खरिद गर्ने ग्राहकहरूले आफ्नो घरलाई नयाँ, आकर्षक र जीवन्त रंगले सजाउँदै विभिन्न आकर्षक उपहार जित्ने अवसर पाउनेछन् ।

यस अभियानको मुख्य आकर्षण Yamaha RayZR 125 – Hybrid Scooter रहेको छ। यसका साथै ग्राहकहरूले विभिन्न प्रकारका घरायसी उपकरणहरू पनि जित्न सक्नेछन्, जसले अभियानलाई थप आकर्षक बनाएको छ ।

यस अभियानअन्तर्गत ६५ इन्च 4K Smart TV १ थान, २५३ लिटरको Refrigerator २ थान, ८ केजीको Washing Machine ३ थान र ५ थान Microwave Oven रहेका छन् । त्यस्तै, 2-in-1 Cooktop, Air Fryer, Blender, Stand Fan, Steamer, Hair Dryer र Toaster सहित कुल ३६२ आकर्षक उपहार जित्ने अवसर रहेको छ ।

यस अभियानमा सहभागी हुन ग्राहकले VAT सहित न्यूनतम रु. १,००,००० बराबरको बर्जर पेण्ट्सका उत्पादन खरिद गर्नुपर्नेछ। उक्त खरिदमा निम्न प्रिमियम उत्पादनहरूबाट न्यूनतम १२० लिटरको खरिद अनिवार्य गरिएको छ : WeatherCoat Long Life, WeatherCoat All Guard Flexo, WeatherCoat All Guard, Silk Glamor Glow, Silk Luxury, Roof Kool & Seal, Damp Shield Elasto / Seal & O Prime.

बर्जर पेण्ट्सले गुणस्तरीय पेन्टिङ समाधान प्रदान गर्दै आफ्ना ग्राहकसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै आएको जनाएको छ। ‘रंग बहार’ अभियानमार्फत ग्राहकको घरलाई नयाँ रंगरूप प्रदान गर्ने अनुभवमा थप उत्साह, खुसी र उमंग जोड्ने कम्पनीको उद्देश्य  छ।

यस अभियानमा सहभागी हुन आवश्यक योग्यता, नियम तथा सर्तसम्बन्धी थप जानकारीका लागि ग्राहकहरूले बर्जर पेण्ट्सका आधिकारिक माध्यम वा नजिकैको अधिकृत बर्जर पेण्ट्स डिलरसँग सम्पर्क गर्न सक्नेछन्।

You might also like

Comments are closed.