लेखनाथका आमा समूह तथा महिला उद्यमीलाई कानुनी सचेतना

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले सोमबार लेखनाथ क्षेत्रका आमा समूह तथा महिला उद्यमीलाई लक्षित गरी कानुनी सचेतना सम्पन्न गरेको छ ।

सो कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले आर्थिक सशक्तीकरण र कानुनी सचेतना एकअर्काका परिपूरक आधार भएको वताएकी छन् ।महिला उद्यमीले आफ्नो अधिकार र कानुनी प्रक्रियाबारे स्पष्ट जानकारी पाएमा आत्मविश्वास मात्र बढ्दैन, व्यवसाय पनि थप सुरक्षित र प्रतिस्पर्धी बन्छ ।–मन्त्री गुरुङले भनिन् ।

उनले नेपालको संविधानले प्रत्याभूत गरेको समानता र न्यायको हक जब महिला उद्यमी र व्यवसायीहरू आफ्नो कानुनी हैसियत, अधिकार, दायित्व र न्याय प्रक्रियाका बारेमा सचेत हुन्छन्। तब मात्र व्यावहारिक रूपमा स्थापित हुने बताएकी छन् ।

उनले कुनै पनि घरमा एक जना महिला शिक्षित भई नेतृत्व गर्न सक्षम भएमा समग्र समाज नै शिक्षित र सभ्य बन्ने बताउँदै महिला नेतृत्वको महत्वमा जोड दिइन्। यस्तो चेतनामूलक पहलले समावेशी र न्यायपूर्ण समाज निर्माणको बलियो जग तयार गर्ने विश्वास व्यक्त गर्दै लेखनाथ उद्योग वाणिज्य संघको प्रयासको उनले प्रशंसा गरेकी थिईन ।

कार्यक्रममा संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले कार्यक्रममा संघकी अध्यक्ष जानुका पराजुलीले महिला र महिला उद्यमीका लागि कानुनी ज्ञान अपरिहार्य रहेको बताइन्। उनले कानुनको अनभिज्ञताले कसैलाई पनि गल्तीबाट उन्मुक्ति दिँदैन भन्दै महिलाहरूले आफ्नो दैनिक जीवन र व्यवसायसँग जोडिएका कानुनी विषयमा जानकार हुनुपर्ने आवश्यकतामा जोड दिइन्। “अन्य क्षेत्रमा लगानी गर्नुभन्दा पहिले हाम्रो चेतनाको स्तरमा लगानी गर्नुपर्छ,“ उनले भनिन्।

कानुनी चेतना नभएका महिलाहरू सजिलै शोषणमा पर्ने, आफ्ना अधिकारबाट वञ्चित हुने र निर्णय प्रक्रियामा पछि पर्ने गर्छन्। “बौद्धिकतामा लगानी ग¥यौँ भने हामीलाई कसैले दबाउन सक्दैन। हामी शोषित भएर बस्नुपर्दैन,“ उनले थपिन्। उनले हालैको एउटा बालिका हिंसा घटनाको प्रसंग जोड्दै सामाजिक कुरीति र दुव्र्यवहारबाट बच्न सामूहिक सचेतना आवश्यक रहेको औँल्याइन्।

उक्त कार्यक्रममा गण्डकी प्रदेशका मुख्य न्याधिवक्ता वरिष्ठ अधिवक्ता चिरञ्जीवी शर्माले आर्थिक पारदर्शिता र वित्तीय स्वच्छता, लैंगिक समानता र सामाजिक बहिष्करण अन्त्य, घरेलु÷मनोवैज्ञानिक हिंसा, व्यक्तित्व विकास, उद्यमशीलतामा धैर्य र परिश्रमको महत्त्व, महिलाको मर्यादा र वस्तुकरण, लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

उक्त अवसरमा संघका पुर्वअध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठीले कानुनी सचेतना महिला सशक्तीकरण, शोषणबाट सुरक्षा, र आर्थिक स्वावलम्बनको आधारशिला भएको र यसबाट नै महिलाहरुको स्वतन्त्रता र सम्मानको ग्यारेन्टी हुने वताएका थिए ।

संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझा र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले गरेका थिए ।

You might also like

Comments are closed.