बाढीपीडितको उद्धार र राहतका लागि सफ्टी हाईजिनद्वारा २१ लाख भन्दा बढी सहयोग

​काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खासहितका तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि ‘सफ्टी हाईजिन’ परिवारले राहत सामग्री तथा आर्थिक सहयोग गरेको छ।

​विपदको यस कठिन घडीमा प्रभावित नागरिकको साथमा उभिँदै संस्थाले खोज, उद्धार, तत्काल राहत र दीर्घकालीन पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख ११ हजार एक सय एघार रूपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको हो।

​संस्थाले बाढीका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, बेपत्ता भएकाको शीघ्र उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

​विपद्को समयमा दिनरात नभनी क्षेत्रमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय, नेपाल सरकार, स्थानीय प्रशासन तथा निजी क्षेत्रको साझा प्रयासको प्रशंसा गर्दै संस्थाले उद्धारमा संलग्न सबैप्रति आभार व्यक्त गरेको छ।

You might also like

Comments are closed.