पोखरा । सुलभ उपभोक्ता सहकारी संस्था लिमिटेडले हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायतका जिल्लामा मानवीय तथा भौतिक क्षति हुनुका साथै नागरिकको दैनिक जीवन प्रभावित भएको अवस्थालाई मध्यनजर गर्दै सहकारीले उक्त सहयोग गरेको हो ।
सहकारीले बाढीका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, बेपत्ता भएकाको शीघ्र उद्धार र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।





Comments are closed.