बाढी प्रभावितलाई नेपाल लिक्वर्स प्रालिद्वारा १ करोड १ लाख रुपैयाँ सहयोग

काठमाडौं । सिग्नेचर विस्की तथा स्मिरनोफ भोड्का जस्ता अन्तर्राष्ट्रिय ब्रान्डको उत्पादक नेपाल लिक्वर्स प्रालि, रसुवा र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित सम्पूर्ण परिवारप्रति समवेदना प्रकट गर्दछ।

यस विषम परिस्थितिमा मुलुकलाई परेको संकटमा राहत र पुनःस्थापना कार्यलाई सघाउन नेपाल लिक्वर्स प्रालि र यहाँ कार्यरत कर्मचारीको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।

प्राकृतिक विपत्तिले पुर्याएको अपूरणीय क्षति र पीडाको अगाडि यो रकम सानो प्रयास मात्र हो, तर सबैको स-साना सहयोग र सहकार्यले नै पुनर्निर्माणको ढोका खोल्छ भन्नेमा विश्वस्त रहेको कम्पनीले जनाएको छ । प्रभावित क्षेत्रमा खटिएका सरकारी निकाय, सुरक्षाकर्मी तथा स्वयमसेवकको कार्यमा हातमा हात मिलाउँदै आ-आफ्नो तर्फबाट सक्दो सहयोग पुर्याउन पनि कम्पनीले आग्रह गरेको छ ।

You might also like

Comments are closed.