लक्ष्मी विद्यापदकद्वारा विद्यार्थी सम्मानित

पोखरा । लक्ष्मी ग्रुप प्रा.लि.द्वारा स्थापित तथा पोखरा उद्योग वाणिज्य संघद्वारा संचालित लक्ष्मी विद्या पदक वितरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । पोखरा उद्योग वाणिज्य संघको ३६ औंं महाधिवेशन एवम् ७२ औ साधारण सभाको उद्घाटन सत्रमा एक विशेष समारोहकाबचि पदक वितरण गरिएको हो । कास्की जिल्लामा स्थापित विभिन्न क्यम्पसबाट ब्यवस्थापन संकाय अन्तरगत स्नातकोत्तर तह एम.वि.एस. तथा स्नातक तह अन्तरगत वि.वि.ए.र वि.वि.एस.मा उत्कृष्ट अंक हासिल गरि उत्तिर्ण हुने विद्यार्थीलाई सो पदक प्रदान गरिंदै आएको छ ।

यस पटक लक्ष्मी विद्यापदक – २०८२ बाट व्यवस्थापन संकाय अन्तरगत स्नाताकोत्तर तह (एम.वि.एस.)मा जनप्रिय बहुमुखि क्याम्पसकी ज्योति तामाङ, स्नातक (वि.वि.ए.) तर्फ पोखरा कलेज अफ म्यानेजमेन्टकी समिक्षा तिमिल्सिना एवम् स्नातक (वि.वि.एस.) तर्फ जनप्रिय बहुमुखि क्याम्पसका सन्तोष थापा सम्मानित भएका छन् ।

सम्मानित विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवम् लक्ष्मी ग्रुप प्रा.लि.का कार्यकारी निर्देशक अन्जन श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की एवम् लक्ष्मी ग्रुपका अर्का कार्यकारी निर्देशक सुनिल श्रेष्ठले माला, दोसल्ला, ताम्रपत्र, विद्यापदक र नगद पुरस्कार जनही स्नाताकोत्तरलाई २५ हजार तथा स्नतकलाई रु. १५ हजारका दरले सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा सम्मानितको तर्फबाट बोल्दै सम्मानित विद्यार्थी ज्योति तामाङले यस किसिमको सम्मानले जिवन मा अघि बढ्न थप हौसला एवम् उर्जा मिलेको बताएका थिए । मन्तब्यकै क्रममा उनले विद्या पदकको स्थापना गर्ने लक्ष्मी ग्रुप तथा संचालन गर्ने पोखरा उद्योग वाणिज्य संघ, आफु अध्ययन गरेको शैक्षिक संस्थाका गुरुहरु तथा आफुलाई मार्ग निर्देश गर्ने अभिभावकलाई विशेष धन्यवाद दिएका थिए ।

सम्मानको सो सत्रलाई शिक्षा सेवी तथा पदक सञ्चालक समितिका सदस्य अमृतलाल श्रेष्ठले संचालन गरेका थिए । सोहि क्रममा श्रेष्ठले विद्या पदकबाट हाल सम्म ७६ जना विद्याथी सम्मानित भइसकेको र उनिहरु देश तथा विदेशका विभिन्न प्रतिष्ठित संघ संस्था एवम् सरकारि तथा निजी क्षेत्रका प्रतिष्ठानमा विभिन्न आहोदामा कार्यरत रहेको जानकारी गराएका थिए ।

२०५५ पुस २० गते पोखरा महानगरको दोश्रो नगर परिषदको उद्घाटन समारोहमा समाजसेवा, साहित्य, शिक्षा,संगीत, पत्रकारिता,उद्योग, पर्यटन, खेलकुदको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै ९ जनालाई पोखरेली नवरत्नका रुपमा सम्मान गरिएको थियो । सोहि सम्मान पाएका लक्ष्मी हाउसका बुद्घि बहादुर श्रेष्ठले सम्मानमा पाएको १० हजार रुपैयामा लक्ष्मी हाउसको तर्फबाट २ लाख १ हजार १ सय ११ रुपैया“ थप गरि अक्षयकोषको स्थापना मार्फत लक्ष्मी विद्या पदकको स्थापना गरिएको सो समारोहमा जानकारी गराइएको थियो ।

You might also like

Comments are closed.