बुद्धभूमि उद्योग वाणिज्य संघको पदस्थापना कार्यक्रम सम्पन्न

काठमाडौं ।
बुद्धभूमि उद्योग वाणिज्य संघको हालै सम्पन्न अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । अधिवेसनले विष्णुप्रसाद पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ भने वरिष्ठ उपाध्यक्षमा थानेश्वर न्यौपाने निवार्चित भएका छन् । अध्यक्ष उपाध्यक्ष लगायत सम्पूर्ण नयाँ कार्यसमितिको पदस्थापना, शपथ तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम बुधबार सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशवप्रसाद श्रेष्ठ रहेका थिए भने कार्यक्रमको अध्यक्षता निर्वाचन आयोगका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्ण बञ्जाडेले गरेका थिए ।

नयाँ कार्यसमितिले उद्योगी, व्यवसायी तथा उद्यमीहरूको हकहित, व्यवसाय प्रवर्द्धन र बुद्धभूमिको आर्थिक विकासका लागि नयाँ सोच, नयाँ ऊर्जा र नयाँ उचाइका साथ रचनात्मक एवं परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

You might also like

Comments are closed.