पोखरा । नयाँबजार स्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७औं वार्षिक साधारणसभा संस्थाका अध्यक्ष ईन्जिनियर सुरेन्द्रबहादुर गोदारको सभापतित्वमा शनिबार सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष सुरेन्द्र गोदार र कोषाध्यक्ष हिरामणी दाहालद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनहरु साधारणसभाद्वारा सर्वसम्मत रुपमा पारित गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि, सहकारी बचत पीडित संघ कास्कीका अध्यक्ष एवम् पोखरा बचत तथा ऋण सहकारी संस्थाका सर्वपक्षीय बिशेष समितिका सल्लाहकार किरण श्रेष्ठले वर्तमान अवस्थामा सहकारी संस्थाका शेयरसदस्य एवम् बचतकर्ताहरु आफ्ना् बचत फिर्ता र सुरक्षणको लागि आफैं सजग र सचेत हुनुपर्ने बारेमा बिशेष जोड दिएका थिए ।उनले सहकारीका सञ्चालकलाई कानूनी कारवाही प्रक्रियामा लगेर मात्र बचतकर्ताले संस्थामा जम्मा गरेको आफ्नो रकम फिर्ता पाउन सम्भव नभएको बिगतको अनुभवले देखाएको बताए ।
यसैगरी कार्यक्रमका बिशेष अतिथि एवम् संस्थाका सर्वपक्षीय बिशेष समितिका संयोजक गञ्जमान गुरुङ्गले बचतकर्ताको हितको संरक्षण गर्नु नै बिशेष समितिको प्रमुख दायित्व रहेको कुरा स्मरण गर्दै सोको लागि बचतकर्ताहरुले वर्तमान सञ्चालक समितिसँगै सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
सर्व पक्षीय बिशेष समितिका सदस्य विनोद शर्मा न्यौपानेले समिति गठन भएपश्चात विगत नौ महिनाको अवधिमा हासिल भएको प्रगतिहरु बारे सभालाई जानकारी गराउदै अवका दिनमा अझ बढी मिहेनतका साथ कर्जा असुलीमा लाग्नुपर्ने सुझाव दिए ।
यसैगरी संस्थाका पूर्व अध्यक्ष एवम् सल्लाहकार आश बहादुर गुरुङ्गले संस्थामा भए गरेका कमी कमजोरी सच्चयाउदै सबै सञ्चालकहरु एक ढिक्का भएर शेयरसदस्यको सल्लाह र सहमतिमा अघि बढ्दै समस्या समाधान तर्फ सबैजना लाग्नुपर्नेमा जोड दिदै सहकारीका केही सबल पक्षहरुको बारेमा सदस्यहरुलाई स्पष्ट पारेका थिए ।
सञ्चालक उपाध्यक्ष शम्भुराज बास्तोलाले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष एवम् सल्लाहकार फणिन्द्रराज शर्मा शेयर सदस्य क्याप्टेन बल बहादुर तिलिजालगायतले बोलेका थिए ।
संस्थाका सचिव दिल बहादुर के.सी.ले सञ्चालन गरेको कार्यक्रमा कार्यक्रमका सभापति एवम् संस्थाका अध्यक्ष ई श्री सुरेन्द्र बहादुर गोदारले संस्थामा देखिएका समस्यालाई पार लगाउदै संस्थालाई पूर्ववत अवस्थामा फर्काएर नियमित कारोवार सञ्चालन गर्न वर्तमान सञ्चालक समिति भरमग्दूर प्रयासरत रहेको र बचतकर्ताहरुको सबै रकम फिर्ताका लागि आफूहरु कटिबद्ध रहेको बिचार व्यक्त गर्दै यसका लागि अझै केही समय लाग्ने हुनाले शेयरसदस्यहरुले धैर्यधारण गर्नहुन बिशेष अनुरोध गरे ।
पोखरा–९, नयाँबजार स्थित आफ्नै भवनबाट सञ्चालित पोखरा बचत तथा ऋण सहकारी संस्थामा पछिल्लो समयमा केही सदस्यहरुबाट बचत फिर्ताको माग बढेसँगै केही असहज परिस्थितिको सृजना भएपछि बचतकर्ता गञ्जमान गुरुङ्गको संयोजकत्वमा गठित सर्वपक्षीय बिशेष समितिको रोहवरमा नियमित कारोवार सञ्चालन हुदै आएको छ । जसअन्तर्गत एक लाख रुपैयाँ सम्म बचत रहेका सदस्यहरुको पुरै रकम फिर्ता गरिरहेको छ भने, सञ्चालकहरुसँग सहकार्य गर्दै अन्य सदस्यहरुलाई पनि चरणबद्ध रुपमा बचत फिर्ता गर्ने कार्ययोजना रहेको गञ्जमान गुरुङ्गले बताए ।
बि.सं. २०५९ साल बैसाख १२ गते स्थापित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा हाल ६ सय ८२ शेयरसदस्य रहेका छन् । कुल ९ करोड ५३ लाख ४४ हजार रुपैयाँ शेयरपूँजि रहेको उक्त सहकारीमा हाल जम्मा २६ करोड ९२ लाख ५१ हजार रुपैयाँ सदस्यहरुको बचत÷निक्षेप रहेको छ भने कुल ३६ करोड २७ लाख ३८ हजार रुपौया बराबरको कर्जा लगानी रहेको छ । साथै गत आ.व.०८२÷०८३ मा संस्थाले रु. ६ करोड ९२ लाख रुपैयाँ खूद मुनाफा आर्जन गर्न सफल भएको जानकारी संस्थाका कोषाध्यक्ष हिरामणी दाहालले बताए ।



Comments are closed.