काठमाडौं । नेपाली कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगलाई थप विस्तार गर्ने उद्देश्यका साथ मुक्तिनाथ कृषि कम्पनीले सोलिस ट्रयाक्टर नेपाली बजारमा भित्राएको छ । कम्पनीले आज बिहीबार बिरगंजमा भएको शोरुम उद्घाटन सहितको विशेष समारोहका बीच जापानी प्रविधि र युरोपियन डिजाइनको उत्कृष्ट संयोजन रहेको ५ विभिन्न मोडलका (४७२०, ५२२०, ५७२०, ५७२० ४WD, ७०२० ) का फार्म ट्रयाक्टर व्यवसायी तथा कृषकमाझ सार्वजनिक गरेको हो ।
कम्पनीले औपचारिक शुभारम्भअघि मधेश प्रदेशको बिरगंज वरपरका कृषि क्षेत्रमा ३ दिने ’रोड–शो’ (च्यबमकजयध) सञ्चालन गरेको थियो । उक्त रोड–शोमार्फत प्राप्त कृषक तथा व्यवसायिको प्रतिक्रिया र मागलाई सम्बोधन गर्दै आजदेखि औपचारिक रूपमा देशभर ट्रयाक्टरको बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ ।
कृषि सम्बन्धि मल, बीउ, साना औजार उपकरण र नयाँ नयाँ प्रविधिहरुसंगै यसअघि अत्याधुनिक ट्रर्याकयुक्त कम्बाइन हार्भेस्टर (ऋयmदष्लभ ज्बचखभकतभच) सफलतापूर्वक बजारमा ल्याएर नेपाली युवा तथा किसानहरूलाई व्यावसायिक तथा प्रविधियुक्त खेतीतर्फ आकर्षित गरिसकेको कम्पनीले यो नयाँ सुरुवातसँगै कृषि यान्त्रिकीकरणको क्षेत्रमा थप एक कोसेढुङ्गा स्थापित गरेको छ ।
नेपालको विषम भौगोलिक बनावट र तराईदेखि पहाडसम्मका फरक–फरक कृषि तथा ढुवानी आवश्यकतालाई सम्बोधन गर्न सोलीस ब्रान्डका ५ वटा विशिष्ट मोडल रोजेको कम्पनीले बताएको छ । आधुनिक कृषि उपकरणको अभावमा नेपाली किसानले व्यहोर्नुपरेको उच्च उत्पादन लागत, कमसल गुणस्तरको प्रयोग र जनशक्ति अभावको समस्यालाई यसले दीर्घकालीन समाधान दिनेछ ।
विश्वकर्मा पूजाको दिन गरिएको औपचारिक शुभारम्भसंगै नजिकिँदै गरेका चाडपर्वहरू दशैँ, तिहार तथा छठको अवसरमा कम्पनीले सोलीस ट्र्याक्टरको खरिदमा विशेष छुटका साथै आकर्षक उपहार योजनाहरू पनि रहेको जनाएको छ ।
शक्तिशाली इन्जिन, उत्कृष्ट कार्यक्षमता, इन्धन बचत तथा बलियो संरचनाका लागि परिचित सोलिस ट्रयाक्टर कम्पनीले नेपालभर रहेका आफ्ना शाखा कार्यालय तथा डिलर सञ्जालहरूमार्फत बिक्रीवितरण, पार्टपुर्जाको सहज उपलब्धता र बिक्रीपछिको सेवा प्रदान गर्ने प्रतिबद्धता गरेको छ ।




Comments are closed.