ललितपुर । बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा साइकल र्याली आयोजना गरेको छ । प्रदेश सरकारका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले र्यालीको उद्घाटन गरे ।
पाटन दरबार क्षेत्रबाट सुरु भएको र्याली पुल्चोक– कुपण्डोल– माइतीघर–रामशाहपथ– जयनेपाल सडक– नक्साल, टङ्गाल–बालुवाटार– नारायणगोपाल चोक हुँदै धुम्बाहारीमा पुगेर समापन भएको छ ।
र्यालीमा उक्त मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीसहित १५० जना सहभागी थिए । रासस



Comments are closed.