फेवा तालमा जेट–स्की बोट संचालन

पोखरा । विश्व पर्यटन दिवसको अवसरमा फेवा तालमा आपत्कालीन उद्धार तथा शीघ्र उद्धारका लागि प्रतिघण्टा १०५ किलोमिटरको गतिमा सञ्चालन हुनसक्ने उच्च क्षमताको उद्धार बोट संचालनमा आएको छ ।

जेट-स्की बोट फेवा तालमा स्थापना भएको सशस्त्र प्रहरीको उद्धार टोलीले आवश्यकताअनुसार उद्धार कार्यमा प्रयोग गर्ने गरी सञ्चालनमा ल्याइने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । यसबाट फेवा तालमा हुन सक्ने सम्भावित दुर्घटना तथा आपत्कालीन अवस्थामा उद्धार कार्यलाई अझ छिटो, सुरक्षित र प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने उनको विश्वास छ । विश्व पर्यटन दिवसको अवसरमा फेवा तालको सुरक्षा तथा पर्यटकको सुरक्षित अनुभव सुनिश्चित गर्न महत्वपूर्ण सुरुवात तथा एक महत्त्वपूर्ण संयोग भएको उनले बताए ।

यस अवसरमा आचार्यले सशस्त्र प्रहरीका डीआईजी, कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरु, प्रहरी उपरीक्षक, पर्यटन व्यवसायी, डुङ्गा व्यवसायी तथा फेवा तालको सुरक्षा र पर्यटनसँग जोडिएका सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् ।

You might also like

Comments are closed.